news and more entertainment

सबैको घर देखियो, मेरो मात्र देखिएन

भदौ २३ जुरे । उनी सुनकोसीमा जमेको तालको सतह घट्दै गएपछि डुबेको घर देखियो कि भन्ने आसमा आइतबार सबैरै आएकी थिइन् । जब जुरेस्थित आफ्नो डुबेको घर नजिक गइन्, तब उनको आँखा रसाईहाल्यो ।

‘मैरै मात्र घर देखिएन, ’ डुबेको घरमाथि छिमेकीको पिढीमा बसेर ४८ वर्षीय जानुकादेवी पराजुलीले पीडा पोखिन् । घर डुब्न थालेपछि भागेर जोगिएकी उनी परिवारसहित ३ किलोमिटर पर बाह्रबिसे बजारमा ३५ दिनदेखि आश्रित छन् ।

तालको सतह घटे घरभित्र रहेको ११ तोला सुन तामा, पित्तलका भाडावर्तन भेटिएलाकी भन्ने उनको आस छ । जुरेकै ६ घर देखिएपनि आफ्नो घर नदेखिएपछि जानुका आइतबार दिनभर खिन्न भइन् ।

नौ रोपनी जग्गा समेत तालले छोपेपछि सुकुम्बासी भएको बिलौना गरिरहदा छिमेकी महिलाहरु उनलाई सम्झाउँदै थिए । उनले देखाएको आधारमा अझैपनि जुरेका सबै घर देखिन ७ मिटर पानी घट्नुपर्छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget