प्रेम सुनार । असार-७, गुल्मी ।
अग्लुङ्गको पहिरोमा पुरिएका एकै
परिवारका नौ जनालाई सुरुक्षाकर्मी र स्थानियवासीले शनिवार दिनभरी खोज्दै
थिए । अन्य धेरैको शव फेला पर्यो । तर आमा छोरीको अत्तोपत्तो थिएन् ।
खोज्दै जाँदा उनै आमा छोरी भेटिए । सवैले भने धन्य हो यिनीहरु चाँही जिवितै
फेला परे भन्दै फोटो खिच्न थाले । जिवित नभनुनन् पनि कसरी ? जवकी आमाले
काँखमा राखेर उनै छोरीलाई दुध खुवाई रहेकी छन् र छोरीले पनि पिई रहेको
जस्तो देखिन्छ ।
मृत्यु शैयामा पनि आमाको कांख
.
उनै
भविलालकी बुहारी सिता र उनकी २ वर्षिया छोरी विपनाको दृश्य थियो त्यो । पछि
उनिहरुलाई जिवित ठानेर उठाउन खोज्दा उनिहरु निर्जिव वस्तु झै भेटिए ।
उद्धारमा खटिएकाहरु भावुक भए । धेरैको आँखा रसाए । जिवनको अन्तिम सास सम्म
दुध पिई रहेकी ति कांखकी छोरीले कतिञ्जेल पिएकी होलिन र आमाले कतिञ्जेल
सम्म खुवाएको याद छ होला....यस्तै यस्तै कुराहरुले प्रत्यक्षदर्शीहरुको मन
छोयो ।
आईतवार दाह संस्कार गर्ने बेलामा पनि साहघाट जानेहरुले ति
आमा छोरीहरुको मृत शरिर छुटाउन चाहेनन् । अन्तत: आमा संगै उनै छोरीको शव
एउटा बनाईयो । अरु जो-जो अंगोलो हालेको अवस्थामा मृत फेला परेका थिए
उनिहरुको पनि एउटै शव बनाईयो । भविलाल दम्पत्ती पनि एउटै विस्तरा मै मृत
फेला परे । उनका नाति नातिनामा पनि हिजो जसरी आंगालो मारेर सुतेका थिए ।
विहान मृत पनि त्यही अवस्थामा फेला पारे पछि त्यसो गरिएको थियो ।
अग्लुङ्गको त्यो दर्दानाक दृश्यले मान्छेको जिवन र नियतिको खेलप्रति निकै
सोच मग्न बनाएको छ ।
Post a Comment