विद्रोहीलाई मारेर किला ठोकेर झुन्ड्याइयो
यसबीच दमासकसको बाहिरी भागमा इस्लामी स्टेट आफ इराक एन्ड लेभान्ट तथा तथा विद्रोहीबीच सङ्घर्ष चलिरहेको अब्जरभेटरीले बताएको छ ।
अब्जरभेटरीले आठ व्यक्तिलाई दिर हाफरमा हत्या गरिएको उल्लेख गरेको छ ।
आईएसआईएलले यी व्यक्तिलाई हत्या गरी उनीहरूको शवलाई क्रसमा किला ठोकेर झुन्ड्याएको र उनीहरूको शरीर अब त्यहाँ तीन दिनसम्म रहने जानकारी दिएको छ ।
आईएसआईएल सिरियामा गत वर्ष गृष्ममा देखा परेको हो र उनीहरूलाई पहिले सिरियाली विद्रोहीले स्वागत गरेका थिए । पछि विद्रोहीहरू पनि उनीहरूको विरोधी भए ।
कार्यकर्ताहरूले यस समूहले इराकमा आक्रमण गर्दा ठूलो मात्रामा हतियार फेला पारेको र तीमध्ये केही अमेरिकी हतियार भएकाले सिरियामा उनीहरूको विश्वास बढेको बताइएको छ ।
हालसम्म सरकारले आईएसआईएलका विद्रोहीमाथि आक्रमण गरेको थिएन तर उनीहरूले इराकमा आक्रमण गरेपछि यस समूहमाथि पनि सरकारले हवाइ आक्रमण आरम्भ गरेको छ ।
आइतबार सेनाले आईएसआईएलले नियन्त्रणमा लिएको राका तथा बुसिरामा हवाइ आक्रमण गरेको अब्जरभेटरीका निर्देशक रामी अब्दुल रहमानले बताउनुभयो ।
उहाँले हवाइ आक्रमणमा मर्ने ८० प्रतिशतभन्दा बढी व्यक्ति सामान्य नागरिक भएको बताउनुभयो । रासस/एएफपी
Post a Comment