भारतको बारणसीमा एक १२ वर्षीय वालकलाई बलि दिइएको खुलासा भएको छ । भादोही जिल्लाको तेल्गा गाउँमा स्थानीय एक तान्त्रिकले वालकको घाँटी अठ्ठ्यार बलि दिएको खुलासा भएपछि प्रहरीले पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
तान्त्रिकले वालक मारेको स्वीकार गरेका छन् । सुमित नामका ती वालक हराएको भन्दै परिवारले खोजि गरिरहेको थियो । तीन दिनपछि
वालकको शव गाउँको एकान्त स्थलमा शरीररभरी चोट नै चोट भएको अवस्थामा फेला परेपछि तान्त्रिकले मारेको खुलासा भएको हो ।

क्रुद्ध गाउँलेहरुले तान्त्रिकका सहयोगीका घरमा आगो लगाइदिएका छन् । अहिले त्यहाँ प्रहरी तैनाथ गरिएको छ ।
भारत र नेपालका विभिन्न स्थानमा मानव बलिको परंपरा लुकुछिपी कायमै रहेको छ । समय समयमा यसरी मानव वली दिइएको खुलासा हुने गरेको छ ।
Post a Comment