बिहे गरेको ५१ औ दिन नपुग्दै अभिनेता राजेश हमालले गरे दोस्रो बिहे
असार
१५ आईतवार,काठमाण्डौ । अभिनेता राजेश हमालले प्रेमीका मधु भट्टराई संग
बिहे गरेको ३५ दिन पुगेको छ । ३५ औ दिनमा उनले नायिका अशिष्मा नकर्मी संग
दोस्रो बिहे गरेका हुन् । अमेरिकामा ५० औ जन्म दिन मनाएर नेपाल फर्केका
हमाल पोखरामा हनिमुन मनाएर शुक्रबार मात्रै काठमाण्डौ फर्किएका थिए ।
शनिबार महिला बिकाश प्रशिक्षण केन्द्र जावलाखेलको भवन प्राङ्गणमामा यस्तै
देखियो अभिनेता हमाल र नायिका अशिष्मा विवाह मन्डपमा थिए ।तर वास्तविक
जीवनमा नभएर भारतीय गायक शाहिद मालियाले गाएका नेपाली गीत ‘बिबस्ताले जिउदै
मार्यो’बोलको गीतको म्युजिक भिडियोका लागि राजेश हमालले अशिष्मा संग बिहे
गरेका हुन् । निलम आंङबुहाङ राइको शब्द रहेको यो गीतलाई हसिया निर्देशक
तथा म्युजिक भिडियोका सफल निर्देशक मिलन चाम्सले निर्देशन गरेका छन् ।
शनिबार राति १ बजे सम्म चलेको सुटिंङमा फिल्ममा प्रयोग गरिने प्रबिधि
प्रयोग गरिएको छ । साढे तिन लाखको मोटो बजेटमा निर्माण गरिएको यो म्युजिक
भिडियो सम्भवत सबै भन्दा महँगो म्युजिक भिडियो हो । ३२ फिटे
जोनिजिप,चट्याङ,पानी पार्ने र हावा लगाउने प्रबिधि यो भिडियोमा प्रयोग
गरिएको छ । म्युजिक भिडियो हुदै फिल्म निर्देशनमा आएका सफल निर्देशक मिलन
चाम्सका अनुसार अभिनेता राजेश हमाललाई केहि फरक अभिनयमा प्रस्तुत गरेको
बताए । चाम्स इन्टरटेन्मेण्टको ब्यानरमा निर्माण गरिएको उक्त म्युजिक
भिडियोलाई रामकुमार केसीले खिचेका छन् भने निर्देशक चाम्सले नै सम्पादन
गर्ने भएका छन् ।
Post a Comment