पाकिस्तानी
सेनाले शुक्रवार जम्मू-कश्मीरको पुन्छ जिल्लामा नियन्त्रण रेखामा गोलीबारी
गरेर (एलओसी)को युद्धविरामको उल्लङ्घन गरेको छ | शुक्रवार ति सेनाले साना
हतियारहरु मार्फत भारतीय सेना रहेको व्यरेग्मा गोलिवारी गरेको स्थानीय
मिडियाहरुले जनाएका छन् | जवाफमा भारतीय सेनाले पनि गोलिबरी गरेको जनाइएको छ
|एक भारतीय वरिष्ठ सेना अधिकारीका अनुसार पाकिस्तानी सेनाले रति करिव १२ बजेर ३५ मिनट जादा आफुहरु रहेको चौकीमा गोलीबारी गरेको र आफुहरुले पनि त्यसको प्रतिकार स्वरुप बन्दुक चलाउनु परेको थियो | उनले आफुहरुले पनि जवाफमा बन्दुक चलाएपछि धेरै बेर सम्म रोक्किदै दुवै तर्फबाट समय समयमा गोलिबरी भैरहेको बताए | कसैलाई पनि चोटपटक नलागेको बताइएको उक्त गोलीबारी रति करिव साढे एक बजे सम्म चलि रहेको थियो |
Post a Comment