
गिनेथले आफ्नो पुस्तकको शीर्षक नै 'टेन थाउजेण्ड मेन एण्ड काउन्टिङ' राखेकी छिन् ।
गिनेथले आफ्नो करिअरको सबै भन्दा सफल क्षणमा एक जना पुरुषबाट एक घण्टाकै ५०० देखि १ हजार डलर सम्म लिएकी पनि पुस्तकमा उल्लेख गरेकी छिन् ।
आफू यौन कर्मको शिलशिलामा अष्ट्रेलियाका सबै भागमा पुगेको बताउने उनले अहिले आफ्नो उमेर फर्काउन मिल्ने भए चाँहि यस्ता काममा नलाग्ने समेत बताएकी छिन् ।
हालै प्रकाशित आफ्नो पुस्तकमा मोन्टेनेग्रोले आफू १८ वर्षकै उमेरमा सामूहिक बलात्कारमा परेको र १९ वर्षको उमेर देखि बारहरुमा नाच्न थालेको उल्लेख गरेकी छिन् ।
गिनेथले यौन कर्ममा संलग्न हुँदा सम्म आफूले आफ्नो नाम एन्जेलिना जोलीको नाम चोरेर एन्जेलिना नै राखेको समेत बताएकी छिन् ।
यौन कर्ममा संलग्न हुन चाहनेहरुलाई आफूले निक्कै सोंचेर मात्र यो क्षेत्रमा प्रवेश गर्न सुझाव दिने गिनेथले यसमा प्रवेश गरेपछि बाहिर आउन कठिन हुने बताएकी छिन् ।
Post a Comment