किशोरीलाई बलात्कार गरेको अभियोगमाबौद्ध भिक्षुलाई पाँच बर्ष जेल
थाइल्याण्डको राजधानी बैंककमा एक किशोरीलाई बलात्कार गरेको अभियोगमा पुर्व बौद्ध भिक्षुलाई साँढे पाँच बर्षको जेल सजाय भएको छ । गत बर्ष उनी माथी हमला हुँदा ती किशोरी पन्ध्र बर्षकी थिइन ।
ती किशोरीको झोलामा गर्भ निरोधक औषधी भेटिए पछि उनकी आमाले प्रहरीमा खबर गरेकी थिइन । बलात्कार गरेको स्विकार गरेपछि ६५ बर्षिय भिक्षुलाई उनको श्रेणीबाट निकालिएको थियो ।
सो घटना पश्चात थाइल्याण्डमा भिक्षुहरुको खराब आचरण बाहिर ल्याउनका लागि टेलिफोन हटलाइन समेत सञ्चालनमा ल्याइएको छ ।
Post a Comment