सेक्स लतमा परिणत हु्नुलाई सेक्सुअल एडिक्सन भनिन्छ । सामान्य अर्थमा सेक्स मानिसको कन्ट्रोल भन्दा बाहिर जानु सेक्सुअल एडिक्सन हो ।
एडिक्सन बसेका मानिसहरुको अधिकांश समय सेक्सकै बारेमा सोचेर, कल्पनामा
डुबेर वा हस्तमैथुन गरेर बित्छ । अश्लिल फिल्म, साइट र केटिहरुसंग कुरा
गरेर उनीहरु दिन बिताउने प्रयास गर्छन् । हरेक पल सेक्स इच्छा मै
रुमलिनपुग्छन् । यसले उनीहरुको दैनिक जिवनमा नै प्रभाव पारेको हुन्छ ।
उनीहरु एक्लै बस्न रुचाउने हुन्छन् । सेक्सले एडिक्सनको रुप लियो भने मानिस
बलात्कार गर्न समेत पछि पर्दैन । महिलालाई एडिक्सन भएमा उनीहरु यौन
व्यवसायमा लाग्ने, रक्सि, चुरोट सेवन गर्ने हुन्छन् । सेक्स प्राकृतिक
भएकोले यसलाई भावनात्मक रुपमा लिनुहुदैन । लतले मानिसको शारीरिक तथा मानसिक
स्वास्थ्यमासमेत नकारात्मक असर पार्छ । लत हस्तमैथुनबाट शुरु हुन्छ ।
विवाहित पुरुष वा महिलामा पनि एडिक्सन हुन सक्छ ।
एडिक्सन लागेका करिव ७० प्रतिशत महिला तथा पुरुषको वैवाहिक जीवन असफल भएको
अध्ययनले देखाएको छ । यसमध्ये करिव ४० प्रतिशतले डिभोर्स नै भएको पाइन्छ ।
यौनजन्य मानसिक विकारले लत लाग्ने भएकोले डिर्भोस भएकामध्ये करिव ७२
प्रतिशतले आत्महत्याको प्रयास गर्ने गरेको पनि अध्ययनले देखाएको छ ।
एडिक्सन लागेकामध्ये ६८ प्रतिशतलाई यौनरोग लाग्ने गरेको पनि भेटिएको छ ।
Post a Comment