ब्राजिल विश्वकपमा निराशाजनक प्रदर्शन गर्दै समूह चरणबाटै बाहिरिएको
पोर्चुगलको टोली घर फर्किएको छ । तर, स्टार स्ट्राइकर क्रिष्टियानो
रोनाल्डोसहितका खेलाडीहरु घर फर्किँदा विमानस्थलमा लिन कोही आएनन् ।
अवस्था यस्तो आयो कि फिफा बालोन डि’ओर विजेता रोनाल्डो सार्वजनिक ट्याक्सी
चढेर जानु परेको छ । पोर्चुगलका खेलाडीहरु लिस्वेन विमानस्थलमा पुग्दा केही
पत्रकार र एकाध समर्थक मात्र थिए । रोनाल्डोसहितका खेलाडीहरूको अनुहारमा
कुनै चमक थिएनन् भने समर्थक पनि खुसी देखिएनन् ।
विमानस्थलबाट बाहिरिने क्रममा रोनाल्डोले भने-’यो फुटबल हो । हामीले हाम्रो
शिर उच्च परेका छौं । हामीले हाम्रोतर्फबाट सक्दो राम्रो गर्न कोशिस
गर्यौं तर, सफल भएनौं ।’ लगतै उनले ट्याक्सी बोलाए र आफ्नो लगेजहरु राखेर
हिडे ।
जर्मनीविरुद्धको खेलमा रातो कार्ड पाएका डिफेन्डर पेपेले अब यस्तो गल्ती
स्वीकार्य नहुने बताएका छन् । ‘हामी अघिल्लो चरण जान चाहन्थ्यौं । हामीले
राम्रो गर्ने काशिस गर्यो । तर, सम्भज भएन’ उनले भनेका छन् ।
घुँडाको चोटका बाबजुत विश्वकप खेलेका रोनाल्डोको गोलको मदतमा समूह चरणको
अन्तिम खेलमा घानालाई पराजित गरेपनि पोर्चुगल नकआउट चरण पुग्न सकेन ।
अमेरिका समान चार अंक जोडेको भएपनि पहिलो खेलमा जर्मनीसँग व्यहोरेको ४-० को
फराकिलो हारको मूल्य चुकाउँदै गोल अन्तरमा पछि पर्यो ।
Post a Comment