रोमान्स गर्न उमेरको हदबन्दी हुँदैन: विद्या बालन
विद्याको फिल्म ‘बबी जासुस’ प्रदर्शन हुने क्रममा छ । यो फिल्मका उनले आफ्नो उमेरभन्दा साना अली फजलसँग रोमान्स गरेकी छिन् । विद्याले भनिन् कि रोमान्स गर्नका लागि कुनै उमेर हुँदैन । उनले भनिन्, ‘मैले आफूभन्दा धेरै ठूला नसिर साहबसँग ‘इश्किया’ मा काम गरेकी छु । ’
विद्याले खानहरुसँग अहिलेसम्म काम नगरेको सम्बन्धि एक प्रश्नको जवाफमा भनिन् कि यदि मैले कुनै राम्रो स्क्रिप्ट पाउँछु भने खानहरुसँग पनि काम गर्नेछु । उनी भन्छिन्, ‘मैले आफ्नो करियरको योजना अहिलेसम्म बनाएकी छैन । म फिल्मको स्क्रिप्टलाई महत्व दिन्छु । मैले आफ्नो करियरको दौरान थुप्रै निर्माता–निर्देशकहरुसँग काम गरिसकेकी छु ।’
दिया मिर्जाद्वारा निर्मित र समर शेखरद्वारा निर्देशित फिल्म ‘बबी जासुस’ मा विद्या र अली फजलको मुख्य भुमिका रहेको छ ।
Post a Comment