धुम ३ कै शैलीमा लुटियो बैंक
बहुचर्चित फिलम धुम ३ मा अभिनेता आमिर खानले धेरैपटक बैंक लुटेका छन् । भारतको उत्तर प्रदेशमा रहेको अलिगढ जिल्लाको एक स्थानमा पनि धुम ३ कै शैलीमा लुटपाट भएको छ ।
६ मिनेटको समयमा लुटेराहरुले १९ लाख नगद लिएर फरार भएका छन् । दिउँसो १ बजे लन्च समयमा बैंकमा पसेका लुटेराहरुले बैंकका कर्मचारीहरु ग्राहकलाई आफ्नो नियन्त्रणमा लुटपाट मच्चाएका हुन्।
बैंकबाट फरार हुनअगाडी लुटेराहरुले सीसीटिभी को रेकर्डर, त्योसँग जोडिएको कम्प्युटर पनि साथमा लगेका छन् । लुट्नुअघि आपतकालिन आर्लामको तार पनि काटिएको थियो ।
लुटको शैली आमिर खानको फिल्म धुम ३ जस्तै भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
Post a Comment