अचम्मका ६ चीज जसले तपाईलाई राख्छ स्वस्थ...
स-साना कुराहरूले पनि हामीलाई स्वस्थ्य राख्न मद्धत गर्छ र केही यस्ता चीजहरू पनि हुन्छन् जसबाट हामीले स्वस्थ रहन सक्ने आश नै गरेका हुँदैनौ तीनै चीजहरू पनि हाम्रालागि स्वस्थ रहने उपाय बन्न सक्छ । यस्तै, केही चीजहरू छन् जसले हामीलाई स्वस्थ रहन मद्धत गर्छ । थाहा पाऔ केही त्यस्ता चीजहरू जसले हामीलाई स्वस्थ राख्न मद्धत गर्छ तर हामीलाई ती चीजमाथी त्यस्तो आशा थिएन ।
- भिडियो गेमः प्राय हामीले केटाकेटीले भिडियो गेम खेलेको देख्ने गरेका छौ भने तपाईहामी मध्ये कतिपयले त भिडियो गेम खेल्ने पनि गरेका छौ । भिडियो गेमले पनि मानिसलाई स्वस्थ बनाउन मद्धत गर्छ भन्ने सुन्दा हामीमध्ये धेरैलाई अचम्म लाग्न सक्छ । तर, भिडियो गेमले हाम्रो मन मष्तिष्कलाई तीक्ष बनाउन मद्धत गर्छ भने यसले हामीलाई खुसी राख्दै तनावबाट मुक्त गराउन मद्धत गर्छ । केही समय अघि गरिएको एक अध्ययनमा ६० देखि ८५ वर्षका मानिसलाई भिडियो गेम खेलाउँदा उनीहरू पहिले भन्दा स्वस्थ र उनीहरूको दिमाग पनि तेज भएको पाइएको थियो । भिडियो गेमले शर्ट टर्म मेमोरी र लङ टर्म फोकसलाई निकै फाइदा पुर्याउने बताइएको छ ।
- सामूहिक गायनः समूहमा गीत गाउनुले पनि मानिसलाई स्वस्थ रहन मद्दत गर्छ । स्विडेनका अध्ययनकर्ताहरूले गरेको अध्ययनमा सामुहिक रूपमा गीत गाउनाले मानिसलाई समूहमा आफ्नोपन महसुस हुने गर्छ । समुहमा गीत गाउँदा मानिसको हृदयको गति पनि निकै राम्रो हुने उनीहरूको भनाई छ । समूहमा गीत गाउँदा र एक्लै गीत गाउँदाको हृदयको गतिमा फरक प्रकृति देखीने र समूहमा गीत गाउँदाको हृदय गति एक्लै गीत गाउँछदाको भन्दा निकै राम्रो हुने उनीहरूको भनाई छ ।
- पारासिटामोलः हामीले प्राय टाउको दुखेको बेला, ज्वरो आएको बेलामा प्रयोग गर्ने पारासिटामोलले पनि हामीलाई स्वस्थ रहन मद्धत गर्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । पारासिटामोलको प्रयोगले मानिसलाई शान्त राख्न मद्धत गर्छ । यसले मानिसलाई तनावबाट मुक्ति दिन्छ । यसरी मानिस शान्त र तनावबाट मुक्त हुन सहयोग पाएपछी मानिसलाई स्वस्थ रहन केही हदसम्म सहयोग पुग्छ ।
- सनस्क्रिनः विभिन्न खाले सनस्क्रिनहरूको प्रयोगले मानिसलाई स्वस्थ रहन मद्धत गर्छ । सनस्क्रिनको प्रयोगले मानिसको छालालाई नरम, मुलायम राख्न मद्धत गर्छ साथै अनुहारमा आउने रिंकलहरूबाट टाढा राख्छ । यसले मानिसलाई जवान देखाउन मद्धत गर्छ । साथै यसले मानिसलाई अल्ट्राभ्वाइलेट रे बाट जोगाउने गर्छ, जसले गर्दा अल्ट्राभ्वाइलेट रेबाट हुन सक्ने समस्याबाट जोगाउँछ ।
- पढ्ने कार्यः अचम्म लाग्न सक्छ, पढाईले मानिसलाई कसरी स्वस्थ बनाउँछ । हो पढ्दा मानिस स्वस्थ रहन सक्छ । पढ्ने क्रममा मानिसमा उत्पन्न हुने उत्साह, पछीका कुरा जान्ने इच्छाले पनि मानिसको इमोशनमा फरक ल्याउँछ । यसले मानिसमा हुने तनावलाई समेत कम गर्न सक्छ । पढ्ने कार्यले मानिसलाई अर्कै दुनियाँमा पुर्याउन सक्छ र नयाँ नयाँ सपनाहरू देखाउन सक्छ । जसले मानिसमा थप उर्जा प्रदान गर्न सक्छ ।
- पुराना यादः पुराना यादहरूले पनि मानिसलाई स्वस्थ राख्न मद्धत गर्छ । पुराना कुराहरूलाई सम्झँदा मानिसलाई एक्लोपनको महशुस हुँदैन । पुराना यादहरुमा पनि रमाईला क्षणहरूको याद गर्दा खुसी छाउँछ र तनावबाट मुक्त हुन सहज हुन्छ । यसले पनि मानिसलाई स्वस्थ राख्न सक्छ ।
Post a Comment