
स्रोतका अनुसार पारस बुबाको जन्मोत्सव पारेर नेपाल आउन चाहान्छन् तर ज्ञानेन्द्रले उनलाई बोलाएका छैनन् । बुबाले नबोलाई आफै नआउने पारसले घोषणा गरेको निर्मल निवास निकट स्रोतले जनाएको छ । ज्ञानेन्द्रले भने बुहारी हिमानीको दुर्दशा सहन नसक्ने भन्दै पारसलाई नबोलाएको स्रोतले जनाएको छ ।
तीन नाति नातिना र बुहारीसँग खुसी रहेका ज्ञानेन्द्र छोराको उद्दण्डता व्यहोर्न चाहँदैनन् । ‘पारस यता आएपछि हिमानीको दुर्दशा शुरु हुन्छ, कम्तिमा अहिले उनी खुसी छिन्’ एक दरवारियाले भने । पारस अहिले प्रेमिकाका साथ बैंककमा बस्दै आएका छन् । गत वर्ष हृदयघात भएर गम्भिर विरामी भई अस्पताल भर्ना भएका बेला बाहेक उनको परिवारले उनीसँग भेटघाट गरेको छैन । ज्ञानेन्द्रको जन्मदिनमा पारस बाहेक परिवारका सबै सदस्य सहभागी हुने छन् ।
Post a Comment