रामकृष्ण ढकाल ऋण मिनाहा गर्न मन्त्रीको ढोकाढोकामा !
घर बनाउनका लागि लालीगुराँस सहकारीसँग एक करोड ८० लाख ऋण लिएपछि समयमै भुक्तानी गर्न नसक्दा पत्रिकाहरुमा कालोसूचीमे उनको नाम आएपछि रामकृष्ण बदनामीतिर तानिए ।
अहिले आएर झन् उनलाई आफैले गाएको गीत ‘ओराली लागेको हरिणको चाल भो’ भनेजस्तै सो सहकारीलाई घर र ८० लाख बुझाइसक्दा पनि बदनाम गरिरहेको उनैले बताएका छन् ।
उनले हाल घर सहकारीलाई बुझाइसकेपनि उनले सो ऋण मिनाहा गर्न निकै दोडधुप गरेका तथ्यहरु सार्वजनिक भएका छन् । सचिवदेखि मन्त्रीसम्मका शक्तिकेन्द्रहरु धाएर उनले ऋण मिनाहाका लागि सहकारीलाई भनिदिन अनुनय गरेका थिए ।
डा. बाबुराम भट्टराईको पालामा अर्थमन्त्री बनेका वषृमान पुन र खिलराज रेग्मीको पालाका अर्का अर्थमन्त्री शंकर कोइरालाको क्वार्टरसम्म पुगेर उनले हारगुहार गरेको आफै स्वीकार्छन् ।
चर्चित कलाकारले दुखेसो गरेपछि मन्त्रीहरुले नि पहल त गरे सफल हुन सकेनन् । सो सहकारीमा कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीलाई मन्त्रीद्वयले फोन गरेर मलाइदिन आग्रह गरे तर भण्डारीले ‘जनताको पैसाले बनेको सहकारीले कसरी मिनाहा गर्न मिल्छ ?’ भनेर उल्टे प्रश्न तेर्साएपछि मन्त्रीहरु पछि हटे ।
सहकारीसँग भने सम्पर्कमा नआउने तर शक्तिकेन्द्र धाउने प्रवृतिले गर्दा रामकृष्णले आलोचना खेपे । सहकारीले त रामकृष्णमा ऋण तिर्ने नियत नै नभएको समेत दावी गरेको छ ।
यो विवादले रामकृष्ण निकै तनावमा रहेको बताउँछन् । उनले सहकारीले जानीजानी बदनाम गराउने नियतले यस्तो गरेको बताउँछन् ।
Post a Comment