एजेन्सी)– ब्राजिलका चर्चित खेलाडी नेमारसँग सन् २०१२–२०१३ मा केहि दिनसम्म
चलेको सम्बन्धपछि प्याट्रिसिया जोर्डन एकपटक फेरि चर्चामा आउन प्रयास
गरिरहेकी छिन् ।
प्लेब्वाई पत्रिकाले आफ्नो जुन महिनाको अंकमा कभर पेजमा ‘मिस कप’ को
शीर्षमा उनको तस्बिर प्रकाशित गरेको थियो । नेमारसँगको सम्बन्ध सिद्धिएको
एक वर्ष पछि यो पत्रिकाका लागि नग्न तस्बिर खिचाएकी प्याट्रिसियाले
नेमारलाई बिर्सिएकी छैनन् । नाइक कम्पनीले नेमारका लागि बनाएको विशेष शर्ट
लगाएर उनले फोटोसुट गरेकी छिन् । तर नेमार प्लेब्वाई पत्रिकामा आफ्नो
तस्बिरको प्रयोग गरिएकाले यति रिसाएका छन् कि यसका लागि उनी अदालत नै गए ।
प्लेब्वाई पत्रिकाले निकालेको उक्त अंक बजारबाट फिर्ता लिन अदालतको आदेशका
कारण नेमार खुसी भएको बताइन्छ । यद्यपी अलालतबाट कुनै पनि त्यस्तो आदेश
नआएको पत्रिकाले दाबी गरेको छ ।
Post a Comment