छोरीले प्रेमविवाह गरेको सहन नसकी बुवाले छिनाए छोरी–ज्वाईंको टाउको
पाकिस्तानको पञ्जाव प्रान्तमा रहेको एक परिवारले आफ्नी छोरीले प्रेम विवाह
गरेका कारण गत शुक्रबार छोरी र ज्वाईं दुबैको निर्ममतापूर्वक हत्या गरेको छ
। लाहोरबाट १०० किलोमिटर टाढा रहेको सतरा गाउँमा बस्ने मुहाफिया (२३) ले
जून १८ मा नजिकैको गाउँका हसनाबादका युवक सज्जाद अहमद (२७) सँग भागेर विवाह
गरेकी थिइन् । शुक्रबार यो जोडि हसनाबाट फर्केको थाहा पाएपछि मुहाफियाले
परिवारका सात सदस्यले सज्जादको घरमा आक्रमण गरेका थिए । त्यसपछि उनीहरुले
ती जोडिलाई गाउँको मुख्य चोकमा लगे र त्यहाँ थुप्रै मानिसहरुका अगाडि
दुबैको घाँटी छिनाइदिए । हत्यापछि सबै आरोपी फरार रहेका छन् । हत्यामा
मुआफियाका पिता दिलशाद पनि संलग्न छन् ।
Post a Comment