हस्तमैथुन : यौन आनन्द दिने हस्तमैथुन एक राम्रो वैकल्पिक उपाय हुन सक्छ ।
त्यसैले होला कतिले त यसलाई वरदानको रुपमा पनि लिने गर्दछ । आफ्नो यौनाङ्ग
आफैले चलाएर यौनानन्द लिने यौन क्रियाकलाप नै हस्तमैथुन हो । यस क्रममा
कतिपयले त यौन चरमसुख समेत सजिलै प्राप्त गर्ने गर्दछन् । पुरुषको तुलनामा
कम महिलाले हस्तमैथुनको माध्यमबाट यौन चरमसुख लिने गरेको भए पनि उनीहरुको
लागि हस्तमैथुनको थालनी आफ्नो यौन शरीरबारे जानकारी पाउने र आनन्द लिने
कार्यको राम्रो सुरुआत हुन सक्छ । हस्तमैथुनको बारेमा कतिपय व्यक्तिमा गलत
धारणा हुने भए पनि यसले हानी नगर्ने कुरामा त पक्का भई संलग्न भए आनन्द बढी
हुन्छ ।
यौन परिकल्पना : यौन आनन्द लिने यो
विशेष क्रियाकलाप हो । यौनका धेरै कुरा मस्तिष्कबाट नै शुरु हुन्छ । जानियो
भने परिकल्पनाको प्रयोगले अन्य यौन क्रियाकलापलाई बढी उत्तेजित बनाउन
एकदमै सहयोग गर्छ । कसैको सहायता विना एक्लै गर्न सकिने यस्ता परिकल्पना
कल्पनाको संसारमा उन्मुख भएर विचरण गर्ने मौका दिन्छ । योनी, लिंग, मैथुनमा
यो सहयोगी हुने कुरा एकातिर छ भने अर्कोतिर यौन अंग प्रवेश नगराई गरिने
यौन क्रियाकलापमा वा बाहृय यौन सम्पर्कमा पक्कैनै धेरै सहयोगी हुने गर्दछ ।
चुम्बन : चुम्बन आफै नै एक विशेष अर्थ
बोकेको यौन क्रियाकलाप हो । ओंठ वा अधर आफैमा यौन संवेदनशील अंग हो र यसको
स्पर्शले यौन उत्तेजना त दिन्छ नै, तर यो यौन आनन्द मात्र दिने क्रियाकलाप
नभई माया र स्नेह प्रदर्शन गर्ने क्रियाकलाप पनि भएकाले यसको सम्झना मात्रै
पनि आफैमा रोमान्चक हुने गर्दछ । अधरको चुम्बन प्रमुख कुरा हो र यसका अनेक
रुप छन् ।
फ्रेन्च किस : एक अर्काको मुखमा जिब्र पसाई गरिने चुम्बनको तुलनामा सुख्खा
चुम्बन सुरक्षित मानिन्छ । अर्को महत्वपूर्ण कुरा चुम्बनलाई ओंठमा मात्र
सीमित राख्नु पर्छ भन्ने छैन । गर्धन, छाती, स्तन, नाभी, कटिस्थान,
खुट्टाका औंला नितम्ब आदि यौनाङ्गको जुनसुकै भागको पनि चुम्बन लिन सकिन्छ ।
आलिङ्गन : मन पर्ने व्यक्तिको अंगालोमा
बाँधिनु आफैमा आनन्ददायक हुन्छ । यौन चरमसुखको स्थितिमा नपुगेर वा पुग्ने
प्रयासनै नगरेर हल्का किसिमको रमाइलो लामो समयसम्म विस्तारै अनुभव गर्न
चाहनेको लागि यो उत्तम उपाय हुन सक्छ । श्रृंगार रसले परिपूर्ण वार्तालापमा
यसले राम्रो साथ दिन्छ ।
सुम्सुम्याउनु : एक अर्कालाई सुम्सुम्याउनु स्नेह प्रदर्शन गर्ने तरिका
हुँदाहुँदै पनि यो यौन आनन्ददायक हुन सक्छ । कपाल, स्तन तथा स्तनको मुन्टो,
तिघ्रा यौनाङ्ग वा अन्य यौन संवेदनशील अग सुम्सुम्याउनु सकिन्छ । त्यसैगरी
एक अर्काको यौन संवेदनशील अंगको मालिस गर्नु वा एक अर्कालाई काउकुती
लगाउनु पनि वैकल्पिक आनन्द दिने उपाय हुन सक्छन् ।
यौन साहित्य : एक्लैले दुई जनाले
होस् वा बढी जनाले यौन साहित्यको पाठ गरेर यौन आनन्द उठाउन सक्छन् । चरम
सुखको स्थितिमा नै पुर्याउन नसके पनि यसले एक किसिमको आनन्द त दिन्छ नै ।
यौन क्रियाकलापलाई विस्तृत रुपमा वर्णन गरिएका शब्द चित्रले यौन परिकल्पना
अनि हस्तमैथुन गरेर यौन आनन्द प्राप्त गर्न धेरै नै मद्दत पुर्याउने छ ।
यौन चलचित्र : यौन चलचित्रलाई बन्देज
गरिने प्रयास संसारको सबै जसो देशमा हुने गरे पनि यसको माग ठूलो भएको र
व्यापकता पनि भएकाले कारण यसले दिने यौन सुख नै हुनुपर्छ । वास्तविक
व्यक्ति नै हुने यस्ता चलचित्र हेर्दा यौन उत्तेजनाको चरम विन्दुसम्म सजिलै
पुग्न सहयोग गर्न सक्छ । रुची र परिस्थिति अनुसार नितान्त एक्लै यौन
साथीसँग वा समूहमा बसेर हेर्ने गरिन्छ । कम्प्युटर इन्टरनेट अनि सूचना
प्रविधिको विकास सँगसँगै यसको प्रकृति अनि पहुँच पनि एकदमै फरक भएर गएको छ ।
Post a Comment