मुटुका टुक्राजस्ता ९ वर्षीया छोरी र ५ वर्षीय छोरा एकसाथ हराएपछि उहाँलाई रातको निद्रा न दिनको भोक भएको हो ।
सधैं झैं बिहीबार राधिका छोराछोरीलाई खाना दिएर काममा निस्कनुभयो । श्रीमान पनि काममा लाग्नुभयो । श्रीमान श्रीमती दुवैजना मजदूरी काम गर्छन् ।
छोराछोरी नजिकैको सरकारी स्कूलमा पढ्छन् । अहिले स्कुल विदा भएकाले छोराछोरी धोवीघाटको चौरमै खेलेर बस्थे ।

९ वर्षीया सुस्मिता र ५ वर्षिय उमेश दुवैजना धोवीघाटकै सञ्चेतना स्कुलमा पढ्छन् । आफ्नो स्कुलमा पढ्ने विद्यार्थी हराएपछि शिक्षिका सुधा केसी पनि सबै काम छोडेर खोजी अभियानमा लाग्नुभएको छ । आमा राधिकालाई लिएर उहाँ शुक्रबार दिनभर प्रहरी चौकी र सञ्चारमाध्यमको कार्यालय पुग्नुभयो ।
‘आमा र बा दुवैजनाले शुक्रबार दिउँसोसम्म मुखमा पानी हालेका थिएनन्, बल्लतल्ल फकाएर खुवाएँ’ शिक्षिका केसीले भन्नुभयो, ‘बिहीबार रातिदेखि नै रोइरहेका छन्, हामीले पनि खोजिरहेका छौं ।’

Post a Comment