news and more entertainment

महिलालाईभन्दा पुरुषलाई बढि पीडा

(एजेन्सी)– हिन्दिमा एउटा प्रचलित भनाई छ – ‘मर्द को दर्द नहि होते’ । तर एक ताजा शोधले यो भनाईलाई उल्टाइदिएको छ । उक्त शोधका अनुसार ठूलो शल्यक्रियापछि स्वास्थ्य लाभ गर्ने क्रममा पुरुषहरुलाई महिलाभन्दा बढि पीडा हुने बताइएको छ । जर्मनीको एक अस्पतालमा हृदय र पेटसम्बन्धि शल्यक्रिया गर्ने करिब दश हजार बिरामीहरुमा यो परिक्षण गरिएको थियो । युरोएनेस्थिसिया सम्मेलनमा सहभागी भएका महिला र पुरुषहरुको साक्षात्कारबाट पुरुषलाई बढि पीडा हुने पत्ता लागेको छ । यद्यपी महिला र पुरुषको बिचमा पीडाको अन्तर हुन्छ भन्नु विवादास्पद भएको अरु विशेषज्ञहरुले बताउँछन् । पीडाको मामलामा हर्मोनको पनि भूमिका हुने बताइएको छ । पुरुषहरुमा पाइने सेक्स हर्मोन टेस्टोस्टेरानले पीडा कम हुने र महिलामा हुने पीडामा उनको महिनावारीको भूमिका हुने बताइएको छ । सांस्कृतिक र मनोवैज्ञानिक कारणले गर्दा पनि पीडा कति हुने भन्ने कुरा निर्भर हुने बताइको छ man

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget