news and more entertainment

३० वर्षीय पुरुषको ९१ वर्षीय सेक्स पार्टनर ' एक जना होइन, एकैपटक ५ जना बुढीसँग सम्बन्ध

(एजेन्सी) जर्जियाका एक पुरुषलाई आफूभन्दा बढी उमेरका महिलाहरुसँग सम्बन्ध राख्न मनपर्ने गरेको छ । उनको अहिले आफ्नो हजुरआमाको उमेरसरहकी ९१ वर्षीय महिलासँग सेक्स सम्बन्ध रहेको छ । ३१ अगस्टा, जर्जियाका ३१ वर्षीय काइल जोन्स एकपटकमा एक भन्दा बढी त्यस्ता उमेरका महिलाहरुसँग सम्बन्ध राख्छन् र तिनीहरुलाई आफ्नो ५० वर्षीय आमालाई भेटाउन घरसमेत लान्छन् । ९१ वर्षीय मारजोरी म्याकुलसँग उनको सम्बन्ध स्थापना भएको पाँच वर्ष भइसकेको छ । उनीहरुबीच उमेरमा ६० वर्षको फरक रहेपछि अझै सेक्स लाइफ राम्रो भएको काइल बताउँछन् । ‘अरु केटाहरुलाई स्लीम, ब्लन्ड आदि महिला मनपर्छ, मलाई भने बुढी महिलाहरुसँग सम्बन्ध राख्न मनपर्छ ।’ उनका अनुसार १८ वर्षको उमेरमा उनको ५० वर्षीय महिलासँग सम्बन्ध थियो । ‘अहिले पनि म ६० देखि ८० वर्ष उमेरका महिलाहरुसँग सम्बन्ध राख्छु ।’ शुरुमा ती महिलाहरुले उनलाई सानो उमेरको भनेर वास्ता नगरेपनि पछि उनीसँग सम्बन्ध राख्छ इच्छुक हुने बताउँछन् । उनी आधिकारिक रुपमा एक्लै भए पनि उनी अहिले पाँच जना महिलासँग सम्बन्ध राख्छन् । काइलको सेक्स पार्टनर मारजोरीलाई उनले सन् २००९ मा भेटेका थिए । उनी ३७ वर्षदेखि एकल जीवन बिताउँदै आएका थिए । ‘शुरुमा मलाई काइल अरु महिलासँग पनि सुत्छ भन्दा ईश्र्या हुन्थ्यो । तर उसले मलाई सबैभन्दा मज्जा तिमीसँग आउँछ भन्दा निकै खुसी लाग्छ । आजभोली मलाई त्यस्तो केही लाग्दैन’ मारजोरी भन्छिन् । काइलका लागि उनी सेक्सी लुगा लगाउने पनि गर्छिन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget