९ असार, बग्दाद ।
तत्कालीन इराकी शासक सद्दाम हुसैनलाई फाँसीको फैसला सुनाउने अदालतका न्यायाधीशलाई इराकी लडाकुहरुले फाँसी दिएका छन् ।
हाल इराकका विभिन्न सहर कब्जा गर्दै अघि बढेका आइएसआइएस नामक लडाकु संगठन सम्बद्ध लडाकुहरुले ६९ वर्षीय न्यायाधीश राउफ अब्दुल रहमानलाई फाँसी दिएको बताएका छन् ।
रहमानले इराकी तत्कालीन शासक सद्दाम हुसैनलाई मानवता विरोधी अपराध गरेको
अभियोगमा फाँसीको फैसला सुनाएका थिए । अपराध सम्बन्धी मुद्धा हेर्ने
तत्कालीन इराकी ट्राइब्युनलका न्यायाधीशकोरुपमा रहमानले सद्दामलाई फाँसीको
सजाए सुनाएका थिए ।
तत्कालीन इराकी शासक सद्दाम हुसैनलाई फाँसीको फैसला सुनाउने अदालतका न्यायाधीशलाई इराकी लडाकुहरुले फाँसी दिएका छन् ।हाल इराकका विभिन्न सहर कब्जा गर्दै अघि बढेका आइएसआइएस नामक लडाकु संगठन सम्बद्ध लडाकुहरुले ६९ वर्षीय न्यायाधीश राउफ अब्दुल रहमानलाई फाँसी दिएको बताएका छन् ।
लडाकुहरुले उनलाई गत साता नियन्त्रणमा लिएका थिए । यद्यपी इराकी सरकारले भने रहमान मारिएको भन्ने दावीको पुष्टी गरेको छैन । रहमानलाई १८ जुनमा फाँसी दिइएको लडाकुको भनाइ छ ।
सद्दामलाई मार्ने अमेरिकी षडयन्त्रमा सघाएको बदलास्वरुप उनलाई मारिएको लडाकुहरुको भनाइ छ ।
सुन्नी लडाकुका उपप्रमुखकोरुपमा अघि आएका इज्जात इब्राहिम अल-दोउरीले फेसबुकमा रहमानलाई समातेर फाँसी दिइएको उल्लेख गरेका छन्
सन् २००३ मा इराक आक्रमण गरेपछि अमेरिकोका समर्थनमा इराकमा युद्ध अपराध सम्बन्धी अदालत बनाइएको थियो र रहमान त्यसका न्यायाधीश भएका थिए ।
अमेरिकाले सद्दाम हुसैनसँग आम विनाशका हतियार रहेको भन्दै इराक आक्रमण गरेको भएपनि सो कुरा भने पुष्टी हुन अहिले सम्म पनि सकेको छैन ।
Post a Comment