news and more entertainment

मलेसिया पुगेर घाइते तथा मृत्यु भएका कामदार हकदारको नभेटिदा ७५ लाख अलपत्र...

काठमाडौं,असार ३–वैदेशिक रोजगार सिलसिलामा मलेसिया पुगेर घाइते तथा मृत्यु भएका कामदार र तिनका आफन्तका नाममा झण्डै ७५ लाख रुपैयाँ क्षतिपूर्ति रकम परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा जम्मा भएको छ । सम्बन्धित हकदार सम्पर्कमा नआउँदा उक्त रकम विततरण हुन सकेको छैन् ।

घाइते तथा मृतकको क्षतिपूर्ति रकम चेकमार्फत आउने गरे पनि पीडित परिवार नभेटिदाँ रकम बढेदै गएको विभागका महानिर्देशक गेहेन्द्र राजभण्डारीले बताए ।

विभागका अनुसार मलेसियाबाट घाइते तथा मृतक नेपाली कामदारका परिवारलाई क्षतिपूर्तिबापत आएको रकममध्ये १८ वटा चेक बुझ्न सात–आठ वर्षदेखि कोही आएका छैनन् । ती १८ पीडित परिवारले पाउनुपर्ने रकम ७५ लाखको हाराहारीमा छ ।

‘हामीले क्षतिपुर्ति रकम पाउने हकदारलाई६–७ पटक जिल्ला प्रशासन कार्यालयमार्फत सम्पर्क गर्न खोज्यौं,तर क्षतिपुर्ति बुझ्ने व्यक्ति नै भेटाउन सकेनौं’राजभण्डारीले भने,‘कोही सम्पर्कमा नअनउँदा रकम बुझाउन पाएका छैनौं ।’

मलेसियाबाट चेकमा प्राप्त क्ष्ँतिपुर्ति रकम व्यक्ति अनुसार फरक छ । मलेसियामा काम गर्दा घाइते तथा मृत्युको प्रकृति हेरेर रोजगारदाता कम्पनीले क्षतिपुर्ति रकम उपलव्ध गराएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget