news and more entertainment

महिला कस्ता पुरुषप्रति बढी आकर्षित हुन्छन्?

 
पुरुषलाई जसरी महिलाको सुन्दरता र गुणले आकर्षित गर्छ त्यसरी नै महिलालाई पनि पुरुषप्रति आकर्षित हुन्छन्। उनीहरू पनि आफ्नो पार्टनरमा केही गुण खोज्छन्। तपाईं पनि आफ्नी प्रेमिकाको मन जित्‍न चाहनुहुन्छ भने केही उपाय अपनाउनै पर्छ। यी उपाय अपनाउनुस् र आफ्नी प्रेमिकाको मन जित्‍नुस्:


सुपरम्यान जस्तो होस्
महिलालाई आफू सुरक्षित हुन मन पर्छ। पुरु षले महिलालाई हरेक समस्याबाट बचाउन सक्ने कुरा प्रमाणित गर्नुपर्छ। जब उनी कुनै समस्यामा हुन्छिन्, उनलाई सहयोग गर्नुपर्छ। महिलाहरू सधैं त्यो पुरु षलाई सम्मान गर्छन्, जो कठिन समयमा डटेर उनको साथमा हुन्छ। जस्तोसुकै अवस्थामा पनि दृढताका साथ सामना गर्नुपर्छ।
सुगन्ध
डियोडोरेन्टको विज्ञापनमा सुगन्धबाट महिलाहरू पुरु षप्रति आकर्षित भएको देखाइन्छ। तर यसलाई पूरै नकार्न पनि सकिँदैन। आफू सुहाउँदै डियोडोरेन्ट चयन गर्नुपर्छ। पहिलो डेटमा हो भने डियोडोरेन्ट चयन गर्दा विशेष ध्यान दिनुपर्छ।
सरप्राइज
महिलालाई सरप्राइज एकदम मन पर्छ। चकलेट होस् कि लभ नोट्स या त कुनै उपहार वा फूलको गुच्छा जेसुकै होस सरप्राइज दिनुपर्छ। महिलालाई हर समय यो मन पर्छ।
पारदर्शिता
इमानदारी अहिलेको समयमा पनि उत्तिकै महत्त्वपूर्ण कुरा हो। दीर्घकालीन सम्बन्धको बारेमा सोच्दै हुनुहुन्छ भने महिला साथीसँग कहिल्यै झूट नबोल्नुस्। सुरुवातमा केही समस्या भए पनि अन्तिममा तपाईं आफ्नी प्रेमिकाको भरोसा जित्न सफल हुनुहुनेछ।
शारीरिक रूपमा फिट
सेलिब्रेटीको सिक्स र एट प्याकको त जसलाई पनि मन पर्छ। महिला कसिलो शरीर भएको पुरु ष मन पराउँछन्। नियमित शारीरिक व्यायाम गर्ने बानी बसाल्नुस् अनि जित्न सकिन्छ प्रेमिकाको मन।
राम्रो पहिरन
पहिरनको बारेमा राम्रो जानकारी छैन भने कुनै केटी पट्याउने कुरा बिर्सिए हुन्छ। आफ्नो स्टाइलमा ध्यान दिनुपर्छ। कस्तो ठाउँमा कस्तो पहिरन गर्ने भन्ने कुरा सिक्नुपर्छ। स्टाइलिस्ट व्यक्तिको सहयोगबाट यी कुरा जान्न सकिन्छ। 'क्लथ मेक द म्यान' भन्ने त भनाइ नै छ।
कपाललाई नयाँ रूप दिने
कुनै राम्रो हेयरस्टाइलले तपाईंलाई पक्कै पनि नयाँ लुक दिन्छ। नयाँ हेयरस्टाइल बनाउन पर्खिरहनुपर्ने समय छैन। तुरुन्त हेयरस्टाइल चेन्ज गर्नुस् र प्रेमिकाको मन जितिहाल्नुस्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget