असार, गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका सात जनाको मृत्यु भएको छ । अन्य दुई जना वेपत्ता भएका छन् ।
गएराति परेको पानीसँगै आएको पहिरोले गुल्मी अग्लुङ-८ नेपानेका भविलाल कुँवरको घर बगाउँदा उनीसहित सात जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा घरमुली भविलालसहित उनीकी श्रीमति चेती कुँवर, बुहारी सीता
कुँवर, नाति चेतमान कुँवर, नातिनीहरु विन्दु कुँवर, भिमी कुँवर र विपना
कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । राति नै
पहिरोमा पुरिएर उनीहरुको ज्यान गएको भएपनि स्थानीयबासीले विहानमात्रै थाहा
पाएका थिए ।
स्थानीयले थाहा पाउना साथ प्रहरीलाई खबर गरी उद्धारमा खटिएका छन् । प्युठान
जिल्लासँग सिमाना जोडिएको क्षेत्र भएकाले प्रहरीको टोली घटनास्थल पुग्न
केही ढिलो भएको हो । अहिले प्रहरी र स्थानीयबासीको टोलीले उद्धारको तथा
वेपत्ता भएकाहरुको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
Post a Comment