पोखराको लामाचौरमा रहेको ईन्जीनियरीङ्ग कलेजमा केही दिन अगाडी भएको केटी
जिस्काएको घटनाले साम्य हुनुको सट्टा झन उग्ररुप लिन थालेको छ । घटनाले
राजनितिक रुप लिएपछि जिल्ला प्रसासन कार्यलय कास्कीमा भएको सबै राजनितिक दल
संबद्ध बिद्यार्थि संगठनको छलफलले केटाहरुको होस्टल खाली गर्ने सहमति
भएपछि प्रसासनले सबै बिद्यार्थिहरुलाई बाहिर निकालेको छ ।
उक्त घटना पछि बन्द रहेको क्याम्पस खुलाउने प्रयाग गरेपनि बिद्यार्थीहरु
बिचको थप झडपको अबस्था देखिएपछि क्याम्पस पनि अनिश्चित कालाका लागि बन्द
गरिएको छ ।
होस्टलमा बसेकी केटी बिद्यार्थिलाई सोही क्याम्पसमा अध्ययनरत केटा
बिद्यार्थिले जिस्काएको भन्दै क्याम्पस प्रसासनमा निबेदन दिँदा दोषी पाईए
पछि क्याम्पसले १६ जना बिद्यार्थीलाई कार्वाही गरेको थियो । कार्वाहीमा
नेबिसंघका बिद्यार्थिहरु परेको भन्दै नेबिसंघले आन्लोलन गरेको थियो ।
आन्लोलनका कारण बिद्यार्थिहरु बिच झडप समेत भएको थियो ।
आन्दोलनरत बिद्यार्थिहरुले क्याम्पसमा दुई लाख बराबरको क्षेति पुु¥याएको
क्याक्पस प्रमुख नारायण गौतमले बताए । क्याम्पस बन्द गराएपछि केही साम्य
हुन्छकी भनेर प्रसासनले क्याम्पस बन्द गराएपनि बिद्यार्र्थिहरुमा बिबाद
नरोकीए पछि अनिश्चित कालका लागि बन्द गरिएको प्रमुख गौतमले बताए ।
बाहिर भने जस्तो केटीलाई नराम्रो हिसाबले नजिस्काए पनि क्याम्पस प्रसासनले
एकलौटी ढंगले आफ्ना साथीहरुलाई मात्र कार्वाहीको सिफारिस गरेकोले आन्दोलन
गरेको नेबिसंघका क्याम्पस ईकाईका सचिब राजिब रिमालले बताए । कार्वाहीमा
पर्नेहरुमा ईकाई सह– सचिब लगायतका रहेका छन ।
एक महिना पछि जाँच आउन लागेको बेलामा होस्टेलबाट बाहिरीन परेपछि
बिद्यार्थीहरुलाई समस्या परेको छ । देशका बिभिन्न स्थानबाट पढ्न आउने
बिद्यार्थीहरु मर्कामा परेका छन
Post a Comment