नयाँ दिल्ली (एजेन्सी)– श्रीमतीको तौल बढि भएका कारण सम्बन्धविच्छेदको माग
गरिरहेका एक पुरुषको उजुरी खारेज गर्दै मुम्बई हाई कोर्टले
सम्बन्धविच्छेदका लागि धेरै तौल आधार हुन नसक्ने बताएको छ ।
श्रीमानले सम्बन्धविच्छेद माग्नु परेको कारणमा उल्लेख गरिए अनुसार विवाह
गर्नुभन्दा पहिले श्रीमतीले स्तनको शल्यक्रिया गरेको कुरा लुकाएको जसका
कारण उनको तौलमा निकै वृद्धि भएको हो । श्रीमतीको समस्याका कारण श्रीमानले
वैवाहिक जीवनको आनन्द लिन नसकेको श्रीमानको उजुरी छ ।
तौल वृद्धि भएको कारण थाहा पाउन र उपचार गर्नका लागि डाक्टरकोमा जान उनको
आग्रहलाई श्रीमतीले नकारेपछि अन्त्यमा सम्बन्धविच्छेद नै गर्नुपरेको
उजुरीमा उल्लेख छ ।
श्रीमान भन्छन्, ‘मेरी श्रीमती घरको काम कहिले पनि गर्दिनथिन् जसका कारण
घरको काम सबै मैले नै गर्नुपर्दथ्यो । श्रीमती भएको नाताले उनले कहिले पनि
मेरो इच्छा पुराइनन् । ’
श्रीमानको उजुरीमा श्रीमतीको तौल बढि भएको कुरा मात्र उल्लेख छ र यो कुरा
सम्बन्धविच्छेदको आधार हुन नसक्ने न्यायाधिस एम उस सोनाक र ए एस ओकाको
संयुक्त इजलासले बताएको छ ।
Post a Comment