news and more entertainment

नयाँ सुपरस्टार रणवीर

एजेन्सी, असार १५ - बलिउडमा रणवीर नाम भएका हिरो धेरै छन् । सानो बजेटका फिल्ममा हिरो तथा ठूलो बजेटकामा कमेडियन बन्ने रणवीर शोरी एउटा छन् । उनी विनय पाठकको जोडीका रूपमा कहिले चिनिन्छन् त कहिले अभिनेत्री कोनकोना शेन शर्माका पतिका रूपमा । यस्तै, अर्का रणवीर छन्, रणवीर सिंह । 'ब्यान्ड बाजा बारात'बाट रातारात हिट भएका यिनको अर्को फिल्म 'लेडिज भर्सेज रिक्की बहल' पmलप भएको थियो । र, तेस्रो रणवीर छन्- रणवीर कपुर ।
अहिले यिनै रणवीर कपुर बलिउडमाथि वर्षाको बादलझैं छाएका छन् । यो साता भारतका दुई ठूला साप्ताहिक पत्रिकाहरु 'इन्डिया टुडे' र 'टाइम्स अफ इन्डिया क्रिस्ट' ले रणवीरलाई आफ्नो कभर स्टोरी बनाए । समीक्षकदेखि सामान्य दर्शकसम्म, फिल्ममेकरदेखि सहकलाकारसम्म सबै यिनको प्रशंसामा एकजुट भएका छन् । एक हिसाबले भन्ने हो भने यिनी अहिले बलिउडी एकताको प्रतीक बन्न पुगेका छन् । तपाईंलाई यो सुन्दा अचम्म लाग्ला तर राष्ट्रिय एकताको प्रतीक खोजिएजस्तो हरेक उद्योगमा पनि एउटा त्यस्तो नेताको खोजी गरिन्छ, जसको नाममा आएपछि सबै एकमत हुन्छन् । फिल्म उद्योगमा त्यस्ता नेतालाई सुपरस्टार भनिन्छ ।
सुपरस्टारको अर्थ धेरै फिल्म हिट हुनुमात्र होइन । यसको अर्थ फिल्म क्षेत्र र अन्य क्षेत्रमा पनि प्रभावशाली हुनु र आवश्यक परेका बेला उद्योगलाई नै दिशानिर्देश गर्न सक्नु हो । अमिताभ बच्चन त्यसैका उदाहरण थिए । बच्चनका फिल्म हिट मात्र होइन, पmलप पनि त्यति नै भएका छन् तर फिल्म नचले पनि उनी कहिल्यै पmलप भएनन् । उनलाई कहिल्यै कम आँकिएन । आर्थिक अवस्थाले टाट पल्टिएका बेला पनि बच्चनको शान कायमै थियो ।
तर, जब यी बच्चन बूढा भए त्यसपछि सुरु भयो, नयाँ सुपरस्टारको खोजी । अनिल कपुर, सनी देओल, मिथुन चक्रवर्ती, गोविन्दा र सञ्जय दत्त हुँदै आएको यो खोजी अन्ततः तीन खानमा आएर टुंगिएको मानियो । शाहरूख, सलमान र आमीर खानलाई सुपरस्टार भन्न थालियो । यी तीनै सँगैजसो बलिउड आएका अजय देवगन र अक्षय कुमार पनि यिनका सँगसँगै हिँडे । यिनीहरूभन्दा दस वर्षपछि बलिउड आएर ऋत्विक रोशन पनि बेलाबेला यिनका अघिपछि कुदिरहेका भेटिन्छन् ।
तीन खान तथा अजय र अक्षय हिरो भएको दुई दशकभन्दा बढी भइसकेको छ । र, यी हिरोहरू कलेज जाने युवाको भूमिकाका लागि बिल्कुल नसुहाउँदो हुन थालेका छन् । बक्स अफिसमा यिनीहरू नै अरूभन्दा अगाडि भए पनि बलिउडमा नयाँ सुपरस्टारको खोजी तीव्र रूपमा भइरहेको छ । र, यो खोजी अचेल सोझैं रणवीर कपुरमा गएर अडिने गरेको छ । उनको पछिल्लो फिल्म 'ए जवानी है दिवानी'ले अहिलेसम्म १८४ करोड भारु कमाइसकेको छ र यसले अझै कमाइरहेको छ । अहिलेसम्मका सबभन्दा धेरै पैसा कमाउने फिल्ममा यो तेस्रो नम्बरमा पुगेको छ । अब योभन्दा अगाडि आमीर खानको 'थ्री इडियट्स' (२०२ करोड) र सलमान खानको 'एक था टाइगर' (१९८ करोड) मात्र छन् । रणवीरको अर्को फिल्म 'बर्फी'ले पनि सय करोड कमाएको छ भने 'राजनीति'ले ९८ करोड ।
जम्मा पाँच वर्षको करिअरमा रणवीरले १० फिल्ममा अभिनय गरेका छन् । यसमा सबै विधाका फिल्म छन् । 'राजनीति' जस्तो गम्भीर विषयको फिल्मदेखि 'अजब प्रेमीकी गजब कहानी' तथा 'रकेट सिंह', 'रकस्टार'का साथै उनले 'वेक अप सिड' र 'बर्फी'जस्ता फिल्ममा नितान्त फरक भूमिका गरे । गजब कुरा त के छ भने एउटा 'रकेट सिंह' बाहेक यी सबै फिल्म हिट भए । यसबाट उनले फरक अभिनय गर्छन् भन्ने मात्र होइन, दर्शकले उनलाई सबै भूमिकामा स्विकार्छन् भन्ने देखिन्छ । यसलाई सुपरस्टारको एउटा लक्षण मानिन्छ ।
यति छोटो समयमा उनले राजकुमार सन्तोषी, प्रकाश झा, सीमित अमिन, अनुराग बसु, सञ्जयलीला भन्साली र इम्तियाज अलीजस्ता प्रख्यात निर्देशकका फिल्ममा अभिनय गरे । पहिलो र दोस्रो फिल्म पmलप भए पनि रणवीर असफल भएनन् । विख्यात अभिनेता राज कपुरका नातिले आपmनो स्थान बनाएर छाडे । उनको चमक र दर्शकमा उनीप्रतिको सम्मोहन हेर्दा अबका सुपरस्टार रणवीर नै हुन्जस्तो देखिन्छ ।
रणवीरका प्रतिद्वन्द्वी अभिनेताहरूलाई हेर्ने हो भने उनीहरूको यो रेन्ज देखिँदैन । इमरान खान, रणवीर सिंह, शाहिद कपुर, सुशान्त सिंह राजपुत, इमरान हासमी, नवाजुद्दिन सिद्दकी, अर्जुन कपुरलाई रणवीरका प्रतिद्वन्द्वी मान्ने गरिएको छ । सैफ अली खान, अभिषेक बच्चन, जोन अब्राहम, इरफान खानजस्ता यी दुई पुस्ताका बीचका अभिनेतालाई यो दौडमा सामेल गरेर हेरिँदैन ।
यसरी हेर्दा शाहिद कपुर सबभन्दा पुराना देखिन्छन् । केही फिल्म हिट भएका शाहिद पछिल्लो समय असफल भइरहेका छन् । राजकुमार सन्तोषीदेखि प्रभु देवासम्मका नयाँ फिल्म खेलिरहेकाले उनले कमब्याक गर्ने सम्भावना बताइन्छ । अनुराग कश्यपको 'ग्याग्स अफ वासेपुर'बाट छाएका नवाजुद्धिनलाई राम्रो अभिनेता मानिए पनि उनमा स्टार क्वालिटी छैन । यिनै अनुरागको पनि नयाँ फिल्म रणवीरले खेल्दै छन् । 'काइपोचे'का सुशान्त सिंह राजपुतले राजकुमार हिरानीको फिल्ममा आमीरसँग तथा मनीष शर्माको फिल्ममा परिणिती चोपडासँग अभिनय गरिरहेका छन् । टीभी सिरियलबाट आएका राजपुतले रणवीरलाई टक्कर दिन सक्ने ठानिन्छ ।
रणवीरसँगसँगै आएका इमरान खानले आफ्नो करिअरको गियर बढाउन सकेका छैनन् । थुप्रै फ्लप फिल्मपछि एउटा हिट दिने उनको बानी छ । अभिनयको विविधता र भूमिका छनोटमा पनि उनी चिप्लिने गरेका छन् । पछिल्लो समय फरक खाले भूमिकामा सफलता पाउँदै गरेका इमरान हासमी रणवीरसँगसँगै छन् । तर, उनले पनि ठूलो सफलता पाउन सकेका छैनन् । सानो बजेटका फिल्मको औसत कमाइले उनलाई टिकाइराख्न त सक्छ र सुपरस्टार बनाउन सक्दैन । गत वर्षमात्र आएका अर्जुन कपुर, सिद्धार्थ मल्होत्राजस्ता कलाकारको खास परीक्षण हुनै बाँकी छ । रणवीर सिंहको भाग्य भने यसै महिना आउने फिल्म 'लुटेरा'ले तय गर्नेछ । 'लेडिज भर्सेज रिक्की बहल'को असफलतापछि आउने यो फिल्म हिट भएमा उनी रणवीरको खास प्रतिद्वन्द्वी बन्न सक्छन् ।
रणवीरको अर्को रोचक कुरा के छ भने उनले आफूभन्दा सिनियर हिरोइनहरू कटि्रना कैफ, कोनकोना शेन शर्मा, पि्रयंका चोपडा र विपासा वसुका साथै सँगैकी दीपिका पादुकोण र पछि आएकी नरगिस फाकरीसँग पनि जोडी बनाए । सोनम कपुर, दीपिका, कटि्रना र पि्रयंकासँग उनको नाम पनि जोडियो ।  

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget