news and more entertainment

उपाध्यक्ष बाबुराम भट्टराईले दिक्क लागेको भन्दे बैठकमै पद त्यागको घोषणा

१६ असार, काठमाण्डौं । पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्ने विषयमा छलफल गर्न एकीकृत नेकपा माओवादीको पदाधिकारी बैठक अहिले जारी रहेको छ । पार्टी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा जारी छलफलमा उपाध्यक्ष बाबुराम भट्टराईले पद त्याग गरेपछिको अवस्थामा र पार्टीमा पदका लागि नेताहरुले देखाएको आकांक्षा लगायतका विषयमा छलफल जारी रहेको नेताहरुले बताएका छन् ।
केन्द्रीय समितिको बैठक पनि आजै
यसैबीच पार्टीको केन्द्रीय समितिको बैठक पनि आजै बस्दैछ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकमा भट्टराईले गरेको पद त्याग सैद्धान्तिक रुपमा ठीक भए पनि अहिलेको अवस्थामा ठीक नभएकाले तत्काल उहाँलाई फर्काउन पहल गर्ने तयारी भएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो । भट्टराईले केन्द्रीय समितिको बैठक चलिरहेका बेला हिजो विचार राख्ने क्रममा आफु पार्टीको साधारण सदस्यमा मात्रै बस्न चाहेको भन्दै राजीनामा दिएको घोषणा गर्नु भएको थियो । भट्टराईले पार्टीभित्र पदलोलुपता र संसदीय खेल बढेकाले आफूलाई दिक्क लागेको भन्दे बैठकमै उपाध्यक्ष बाबुराम भट्टराईले पद र्नु भएको थियो । पदीय बाँडफाँडमा विवाद भएपछि अध्यक्ष प्रचण्डले पार्टी महासचिवको जिम्मेवारी पोष्टबहादुर बोगटीलाई नै दिने र सचिवहरुमा कृष्णबहादुर महरा, वर्षमान पुन, टोपबहादुर रायमाझी र गिरिराजमणी पोख्रेलको नाम प्रस्ताव गर्नुभएको थियो । यस्तै कोषाध्यक्षका लागि हिसिला यमीको नाम सिफारिस भएको छ । अध्यक्ष प्रचण्डलेे पदाधिकारी ९, पूर्ण स्थायी २५, सात वैकल्पिक स्थायी, ५१ पोलिटब्युरो, २४ वैकल्पिक पोलिटब्युरो र एक सय ५१ पूर्ण केन्द्रीय सदस्य रहने साङ्गठनिक प्रस्ताव पेश गर्नुभएको थियो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget