news and more entertainment

ओबामाद्वारा मस्कोको विमानस्थलमा ठुलो सहयोग

डकार, १४ असार । अमेरिकी राष्ट्रपति बाराक ओबामाले बिहीबार हाल मस्कोको विमानस्थलमा लुकेर रहेका गुप्तचर एडवर्ड स्नोडनको सम्बन्धमा उत्पन्न भएको तनाव कम गर्न प्रयास गर्नुभएको छ ।

उहाँले यस विषयमा आफूले चिनियाँ राष्ट्रपति सी जिनपिङ तथा रसियाली राष्ट्रपति भ्यादिमिर पुटिनसँग छलफल पनि नगरेको बताउनुभयो । ओबामाले बिहिबार देखि अफ्रिकी राष्ट्रहरुको भ्रमणका क्रममा सेनेगलमा पत्रकारहरुलाई सोको जानकारि गराउनु भएको हो। उहाँले स्नोडेनको कारवाहीको नाममा 
हवाईजहाजमा कारवाही नगर्ने पनि बताउनु भएको छ।

यसबीच स्नोडनले यात्राका लागि वैध कागजात नबोकेको भनी नयाँ समस्या देखिएको छ ।

अमेरिकाको सतर्कता कार्यक्रमका विषयमा आमसञ्चारलाई संवेदनशील विवरण चुहाएको भनी स्नोडनविरुद्द अधिकारीहरूले पक्राउ आदेश जारी गरेका छन् । उनी हङकङबाट आइतबार सेरेमेत्येभो विमानस्थल आइपुगेका छन् । स्नोडनको राहदानी अमेरिकाले रद्द गरिदिएको छ ।

राष्ट्रपति ओबामाले स्नोडन रसियाबाट बाहिर जाँदा अमेरिकाले निजलाई पक्राउ गर्न विमानमै कारवाही नगर्ने बताउनुभएको छ । 
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget