news and more entertainment

६ लाख नेपालीलाई एक महिनामै नागरिकता वितरण

४ असार, काठमाण्डौं । सरकारले नागरिकता वितरणका लागि सञ्चालन गरेको एकमहिने विशेष अभियानका क्रममा तराईमा भन्दा पहाडी जिल्लामा बढीले नागरिकता लिएका छन् । गृहमन्त्रालयले नागरिकता वितरणका लागि गत वैशाख पहिलो सातादेखि एकीकृत घुम्तीसेवा र नागरिकता वितरण विशेष टोली खटाएको थियो ।

दुबै टोलीबाट नागरिकता लिनेको संख्या ६ लाख रहेको गृहमन्त्रालय स्रोतले जनाएको छ । अब नागरिकता लिनेको संख्या एक करोड ७० लाख पुगेको छ । मन्त्रालयले एकीकृत घुम्तीसेवाका नाममा तीन सय ६४ टोली र नागरिकता वितरण विशेष टोली नाम दिएर चारसय ७२ टोली देशभर परिचालन गरेको अन्नपूर्ण पोष्टमा खबर छ ।

स्रोतका अनुसार दुवै टोलीले तराईका २० जिल्लामा दुई लाख ६६ हजार तीनसय ८८ र पहाडका जिल्लामा तीन लाख १३ हजार ६ सय १२ नागरिकता वितरण गरेको छ । गुल्मी र दार्चुलाको भने प्रतिवेदन आउन बाँकी रहेको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget