news and more entertainment

भ्रष्टाचार आरोपीलाई सरकारबाटनै उम्मेद्वार बनाईदै

१४ असार, काठमाण्डौं । भ्रष्टाचार आरोपमा विवादित भोगेन्द्र शर्मालाई सरकारले यातनाविरुद्ध राष्ट्रसंघीय समिति (क्याट) को निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवार उठाउने निर्णय गरेको छ । आगामी असोज १५ गते समितिको पाँच सदस्यका लागि राष्ट्रसंभमा निर्वाच्न हुँदैछ ।

उच्च नैतिक चरित्र र मानवअधिकारका क्षेत्रमा पहिचान बनाएको विज्ञलाई क्याट सदस्इ निर्वाचनमा सम्बन्धित राष्ट्रले मनोनयन गरी पठाउन सक्ने प्रावधान राष्ट्रसंघको छ । तर, एक दशक अघि यातनापीडित सरोकार केन्द्र, नेपाल (सिभिक्ट) मा व्यापक अनियमितता गरेको आरोप लागेका शर्मालाई केहीसाता अघि बसेको मन्त्रिपरिषद बैठकले समितिमा नेपालका तर्फबाट उम्मेदवार मनोनयन गरेको नागरिक दैनिकमा खबर छ ।

शर्मा हाल सिभिक्टका अध्यक्ष हुन् भने सनराइज बैंक लिमिटेडको बोर्ड निर्देशक हुन । साथै थुप्रै जलविद्युत परियोजनामा पनि उनको ठूलो लगानी रहेको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget