news and more entertainment

चितवनमा फैलिएको बर्डफ्लु नियन्त्रण पछि क्षतिपूर्ति रकम दिने

रत्ननगर (चितवन) १४ असार  । चितवनको भरतपुर र मङ्गलपुरको विभिन्न क्षेत्रका कुखुरा फर्ममा फैलिएको बर्डफ्लु नियन्त्रणमा आएको छ ।

गएको चैत २० गते यहाँको गौरीगन्जस्थित प्रताप थापाको कुखुरा फार्मबाट सुरु भएको बर्डफ्लु सङ्क्रमण नियन्त्रणमा आएको जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख रामकुमार कार्कीले जानकारी दिनुभयो ।

अहिले रोग नदेखिएकाले नियन्त्रणमा आएको तर पनि ढुक्क हुने अवस्था भने नभएकाले परीक्षणको काम भने जारी रहेको उहाँको भनाइ छ ।

करिब दुई महिनाको अन्तरालमा चितवनका १५ वटा कुखुरा फार्ममा बर्डफ्लु सङ्क्रमण देखिएको छ । सङ्क्रमण भएको फार्महरु ११ वटा मङ्गलपुर गाविसका मात्रै छन् । अन्य चारवटा भने भरतपुर नगरपालिकाको रहेको पशुसेवा कार्यालय चितवनले जनाएको छ ।

यहाँ चैतमा १ फार्ममा र वैशाखमा मात्रै ११ वटा पाmर्ममा र जेठमा अन्य फार्ममा गरी १५  वटा लेयर्स कुखुराको फार्ममा बर्डफ्लु फेला परेको थियो ।  ती फार्मबाट सरकारी तवरमा मात्रै ७१ हजार बढी कुखुरा नष्ट गरिएको छ । यस्तै तीन लाख २५ हजार अन्डा र १५ टन दाना नष्ट गरिएको छ । प्रयोगशालामा नमुना परीक्षणको काम भने जारी रहेको छ ।

यसैबीच नष्ट गरिएका कुखुरा, अन्डा र दानाका लागि कुल एक करोड २४ लाख २१ हजार रकम जिल्ला आइपुगेको र सम्भवत आजबाट क्षतिपूर्ति रकम बाँड्ने तयारी भएको कार्कीको भनाइ छ । सरकारले नष्ट गरेको प्रतिकुखुरा १३०, अन्डा प्रतिगोटा ३ र दाना प्रतिकिलो १० रुपैयाँका दरले क्षतिपूर्ति दिने गरेको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget