news and more entertainment

हरेक रात मस्त सुत्ने गर्नाले भगाउँछ मधुमेह

हरेक रात मस्त सुत्ने गर्नाले मधुमेहको जोखिम कम हुने रहेछ । एउटा अध्ययनमा यस्तै ठोकुवा गरिएको छ । त्यसअनुसार, पूर्ण निद्रा लिने व्यक्तिलाई टाइप-२ मधुमेह हुने सम्भावना घट्छ ।
लस एन्जलस बायोमेडिकल रिसर्च इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनमा उल्लेख छ— सप्ताहान्तका तीन रातको मात्रै राम्रो निद्राले पनि धेरै हदसम्म इन्सुलिनको सक्रियता बढाउँछ । इन्सुलिन नबन्दा र शरीरमा यसको प्रतिक्रिया नहुँदा नै मधुमेहले आक्रमण गर्ने गर्छ । उक्त अध्ययनका प्रमुख अनुसन्धानकर्ता डा. पिटर लिउ भन्छन्, 'हरेक व्यक्तिलाई पर्याप्त निद्रा अत्यावश्यक हुन्छ भन्ने हामी सबैलाई थाहा छ । तर हामी कामको चापले गर्दा मस्त सुत्नलाई पनि समय निकाल्न सक्दैनौं ।' निद्राको अवधि बढाइदिनाले शरीरमा इन्सुलिन उपयोगको क्षमता बढ्छ । यसले पाका व्यक्तिहरूमा टाइप-२ मधुमेह हुने जोखिम कम हुन्छ ।
इन्सुलिनले हाम्रो शरीरको रगतमा चिनीको स्तरलाई नियमित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ । टाइप-२ मधुमेह भएका व्यक्तिहरूको शरीरले आफैंभित्रबाट निस्किने इन्सुलिनको प्रभावकारी उपयोग गर्न सक्दैन । यो रोग लाग्दा शरीरले इन्सुलिनप्रति प्रतिक्रिया गर्दैन । डा. लिउका अनुसार, कामको बोझले राम्ररी सुत्न नसक्ने प्रौढ व्यक्तिहरूले सुत्ने समय बढाए उनीहरूलाई मधुमेह लाग्ने खतरा कम हुन सक्छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget