news and more entertainment

डिआईजी अर्याललाई दुव्र्यवहार गर्ने ३ जना प्रहरी हिरासतमा

राजविराज, १६ असार । प्रहरी नायब महानिरीक्षकसँग दुव्र्यवहार गरेको आरोपमा सप्तरीका तीनजना पक्राउ परेका छन् । पूर्वाञ्चलका प्रहरी नायब महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँग दुव्र्यवहार गरेको आरोपमा भारदह–१ कोसी ब्यारेजका भरोसी मण्डल, त्रिकौल–३ का अमित लगरवार र पोर्ताहा–६ का सन्तोष साह पक्राउ परेका हुन् ।

पूर्वपश्चिम राजमार्गमा जबर्जस्ती कर असुली गरेको तथा दुव्र्यवहार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पोर्ताहा–६ स्थित सडकखण्डबाट पक्राउ गरेको हो । निकासी पैठारी कर सङ्कलनका लागि जिल्ला विकास समिति सप्तरीको पोर्ताहामा राखिएको ढाटबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । उनीहरुले ढाटबाट अनधिकृतरुपमा चुङ्गीकर असुल गरेको प्रहरीको आरोप छ ।

आरोपितहरुले जबर्जस्ती सवारीसाधन रोकेर धम्की दिनुका साथै कर असुल गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले बताउनुभयो ।

जिल्ला विकास समितिमार्फत कर सङ्कलनका लागि ठेक्का लिएको कृष्ण निर्माण सेवाका सञ्चालक रासलाल रायले भने आफ्ना कामदारलाई प्रहरीले झुटो आरोपमा फसाएको गुनासो गर्नुभएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget