news and more entertainment

नेपालमा ९२ लाख युवायुवती लागुऔषधको प्रयोगकर्ता’

भक्तपुर, १६ असार ।  महानगरीय प्रहरी आयुक्त एआइजी नवराज ढकालले नेपालमा अहिले करिब ९२ लाख युवायुवती लागुऔषधका प्रयोगकर्ता रहेका बताउनुभएको छ । आज भक्तपुरमा सामुदायिक विकास तथा सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र गठ्ठाघरको संयुक्त आयोजनामा गरिएको लागुऔषध विरुद्धको प्रशिक्षण गोष्ठीको उद्घाटन गर्दै ढकालले आफ्नो छरछिमेकमा जनचेतनामूलक कार्यक्रम गर्दै आफ्ना कलिला सन्तानलाई लागुऔषधको कुलतबाट जोगाउनुपर्नेमा जोड दिनुभयो ।

समाजमा लागुऔषध प्रयोगकर्ताले अरुको लहलहैमा लागेर लागुऔषधको प्रयोग गर्ने भएकाले आफ्ना सन्तानहरुको क्रियाकलापमा पनि अभिभावकले निगरानी राख्नुपर्ने उल्लेख गर्दै ढकालले उनीहरुको आनीबानी र दैनिक क्रियाकलापमा समेत निगरानी गर्न जरुरी रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक दिलीपकुमार चौधरीले  भक्तपुरमा १२ देखि २८ वर्ष उमेर समूहका मानिस लागुऔषधको कुलतमा लागेको बताउनुभयो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget