news and more entertainment

उपभोक्तलाई ठगिगरेको सिलिण्डरमा ४ केजी कम ग्यास

कोशी ग्यासबाट उत्पादित खाना पकाउने ग्यास सिलिण्डरहरु कमतौल गरेर उपभोक्तलाई ठगिगरेको पाइएको छ । खाना पकाउने सिलिण्डरमा प्रतिसिलिण्डर ४ केजीसम्म कमतौल भएको फेला परेको छ ।
कोशी ग्यासको कावासोतीमा रहेको डिलर श्रृजना इन्टरप्राईजेजबाट बिक्री हुँदै आएको ग्यास शिलिण्डरहरु स्थानीयले शंका लागेर जोख्दा हरेक सिलिण्डरमा आधा केजीदेखि ४ केजीसम्म तौल कम भएको भेटिएको हो ।
डिलरबाट घरमा लगेको ग्यास महिनादिन पनि नपुग्ने गरेपछि उपभोक्ताले शंका लागेर जोख्दा कमतौल भएको भेटिएको हो । कमतौल भएका शिलिण्डरको हल्लापछि घरघरबाट गृहिणीले तौलकेन्द्रमा जोखाउन ल्याउनेको भीड नै लागेको थियो ।
प्रहरीले आधिकारीक डिलर श्रृजना इन्टरप्राइजेजमा छापामारेर सबै सिलिण्डर शिलबन्दी गरेको छ । त्यहाँका १ सय ८ वटा शिलिण्डरमा शिल गरेको छ । पहिलो चरणमा १८ वटा शिलिण्डर जोख्दा ७ वटामा कमतौल भेटिएको हो ।
नवलपरासीको गैंडाकोटमा रहेको कोशी ग्यास कारखानाबाट उत्पादित शिलिण्डरहरुमा कमतौल भेटिएपछि  प्रहरीले नापतौल विभागमा खबर गरेको जानकारी दिएको छ । नापतौलका प्राविधिकहरुले परीक्षण गरेपछि कसले बदमासी गरेको हो भन्ने खुल्ने छ ।
कमतौल भएका शिलिण्डरबाट आफूहरु ठगिएको थाहा पाएपछि कावासोती र आसपासका गृहिणीहरुले महेन्द्रराजमार्गको यातायात केहिबेर अवरुद्ध गरेर कडा कारबाही गर्न माग गरेका थिए ।
आधाघण्टा जामगरेपछि यातायात सुचारु भएको थियो । ग्यास डिलरका सञ्चालक रामकृष्ण पुडासैनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget