news and more entertainment

नायक सलमानको भाग्यको फैसला आज, १० बर्ष जेल हुनसक्ने

सन् २००२ मा गाडी चलाएर सडक पेटीमा सुतिरहेका १ जना बटुवाको हत्या गरेको र ४ जनालाई घाइते बनाएको आरोपमा बलिउड नायक सलमान खान अदालतमा मुद्दा खेपिरहेका छन् । भारतिय संचारमाध्यमहरुको अनुसार सलमानको मुद्दाको फैसला सोमबार अर्थात आज हुँदैछ ।मुम्बइको सेशन्त कोर्टले आफ्नो फैसला सोमबार सुनाउने तयारी गरेको छ । यसैले पनि सलमानका लागि सोमबार निक्कै महत्वपुर्ण हुने देखिएको छ ।
यो अभियोगमा मुद्दा चलाइएको बिषयमा सलमानले सेशन्त कोर्टमा अपिल गरेका थिए ।

सलमानको अपिल पश्चात अदालतले सोमबार फैसला गर्न लागेको हो । सलमानलाई धारा ३०४ को भाग २ अन्र्तगत मुद्दा चलाइएको छ । यो धारा अनुसार सलमानलाई १० बर्षसम्म जेल सजायँ पनि हुनसक्छ ।
तर सलमानका वकिलले खानलाई लगाइएको धारा त्रुटिपुर्ण रहेको बताएका छन् । उनले सलमानको पेटीमा गाडी चलाएर बटुवाको हत्या गर्ने कुनै योजना नभएको र उनलाई कुनै जानकारी पनि नभएको बताएका छन् । विगत ११ बर्षदेखि यो बिषयको फैसला हुन नसक्दा सलमान तनावमा पनि छन् । उनले यही कारणले गर्दा आजसम्म बिहे गर्न नसकेको बताइएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget