news and more entertainment

सुरुङमार्गलाई बेल्जियमबाट नेपाललाई दुई करोड

करिब ३४ अर्ब जति लगानीमा निर्माण तयारी सुरु गरिएको ५८ किमी लामो काठमाडौं-कुलेखानी-हेटौडा द्रुत (सुरुङ)मार्ग निर्माणका लागि बेल्जियमबाट दुई करोड रुपैयाँ लगानी हुने भएको छ ।
नेपाल पूर्वाधार विकास कम्पनी लि.का अध्यक्ष कुशकुमार जोशीको उपस्थितिमा आइतबार एनआरएन बेल्जियमको आयोजनामा सम्पन्न भएको लगानी विषयक एकदिने अन्तरक्रिया कार्यक्रममा उक्त रकम ब्याक्तिगत रुपमा लगानी गर्ने सहमति भएको हो ।
कार्यक्रममा एनआरएन आईसीसी सदस्य अर्जुनकुमार श्रेष्ठले मातृभूमिको विकास-निर्माणमा सहभागी हुन् पाउँदा खुशी लागेको बताउँदै बेल्जियमबाट झन्डै २० करोड जति लगानी जुटाउन सक्ने सम्भाव्यता जाहेर गरे । नेपाल सरकारले गत जेठ ७ मा उक्त निजी कम्पनीलाई निर्माण गर्ने अनुमति दिएपछि गैरआवासीय नेपालीबाट लगानी संकलन गर्न लागिएको हो । गत माघमा कम्पनी र एनआरएनबीच काठमाडौंमा सुरुङ मार्गमा लगानी गर्ने सम्झौता भएको थियो।                                                                   
लगानी संकलनको शिलशिलामा जोशी गत १२ तारिखदेखि युरोपको यात्रामा छन् । उनले १४ तारिख म्युनिख, जर्मनमा भएको लागनी विषयक कार्यक्रमबाट पनि दुई करोडको रकम बोलबाल भएको बताउँदै गैर आवासीय नेपालीहरुबाट पाँच अर्ब लगानी जुट्ने आशा ब्याक्त गरे । उनी यहि १७ तारिख लन्डन १८ र १९ जर्मनमा २० लक्जेम्बर्ग र २१ स्विजरल्याण्डमा हुने लगानी बिषयक कार्यक्रममा सहभागी हुनेछन् ।
चार बर्षमा भित्रमा सम्पन्न हुने यस योजनामा लगानीकर्ताले तीन बर्ष भित्रमा लगानी गर्नु पर्ने प्रवाधान रहेको छ । ब्यक्तिगत रुपमा दश लाख लगानी गर्न सकिने यस योजनामा लगानीको पहिलो किस्ता भने यहि असार मसान्त सम्म बुझाई सक्नु पर्ने छ ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget