news and more entertainment

कारागारबाट कैदी भगाउने मुख्य योजनाकार पक्राउ

 सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारबाट सुरुङ्ग खनेर फरार भएका १२ जना कैदीमध्ये कुख्यात अपराधी धिरेन्द्र यादवसहित तीन जना पक्राउ परेको छ ।  यादव नै कारागारमा सुरुङ्ग खनेर कैदी भगाउने योजनाका मुख्य योजनाकार रहेको बताइन्छ ।
भारतीय प्रहरीले बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको कटैया-भवानीपुर क्षेत्रबाट यादवलाई आइतबार पक्राउ गरिएको बिहार विरपुरका डीएसपी मनोजकुमार रामले बताए । यादवसँगै अरु दुई जना पक्राउ परेको विषयमा भारतीय प्रहरीले केही खुलाएको छैन ।
तर, श्रोतका अनुसार भुम्का कारागारबाटै यादवसँगै फरार भएका सुभाष झा र बमबम यादव पनि पक्राउ परेको छ । तीनै जना २३ कार्तिक, २०६९ मा झुम्का कारागारबाट फरार भएका थिए ।
कुख्यात अपराधी धिरेन्द्र यादवमाथि नेपालमा जिल्ला कृषि विकास बैंक सप्तरीका तत्कालिन प्रमुख विक्रम शाहको हत्या, नेपाली नागरिकता, हातहतियार, लुटपाट सहितका मुद्दा छन् । यता झुम्का जेलबाट फरार हुनु अगाडि सुभाष यादव सिरहा जेल ब्रेक गरेर त्यहाँबाट पनि फरार भएका थिए । उनीमाथि नेपालमा नागरिकता, हातहतियार तथा लुटपाटका मुद्दा छन् । यस्तै बमबममाथि पनि तत्कालिन सप्तरी कृषि बैंकका प्रमुख शाहको हत्या र लुटपाटका मुद्दा छन् ।
शाहको हत्यापछि सप्तरी प्रहरीले लामो समयको प्रयासपछि धिरेन्द्र र बमबमलाई सुनसरीको इटहरीस्थित एक रिसोर्टबाट पक्राउ गरेका थिए । त्यसपछि सप्तरी जिल्ला अदालतबाट कर्तब्य ज्यानको मुद्दा सजाय भोग्ने क्रममा दुबै जना सप्तरी अदाल
तबाट सरुवाहुँदै पछिल्लो पटक झुम्का कारागार पुगेका थिए ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget