news and more entertainment

ठमेलमा सवारी भित्रन नदिने योजना

पर्यटकका लागि ठमेललाई शान्त क्षेत्रको रूपमा चिनाउन ठमेल पर्यटन परिषद्ले दिनको केही घन्टा त्यहाँ सवारी साधन लैजान रोक लगाउने योजना बनाएको छ ।
'आनन्दसँग सपिङ गर्दै घुमेको मज्जा लिन पाउन् भन्ने उद्देश्य हो,' परिषद् अध्यक्ष रामशरण थपलियाले भने । आगामी साउनदेखि ठमेलमा दिउँसो १२ देखि ३ बजे र बेलुका ६ देखि ९ बजेसम्मका लागि ठमेल क्षेत्रमा सवारी जान नदिन परिषद्ले त्यहाँका स्थानीयसँग विभिन्न चरणको वार्ता पनि गरिसकेको छ । 'यसक्रममा झन्डै ८० प्रतिशत व्यवसायी र स्थानीयले यो योजना लागू गर्नका लागि सहमति जनाएका छन्,' उनले भने ।
यसअघि परिषद्ले बिहान ८ देखि बेलुका ८ बजेसम्म ठमेलमा सवारी लान रोक लगाएको थियो । त्यहाँका व्यवसायी तथा घरधनीका लागि दिइने पास बनाउनका लागि ठूलो आर्थिक भार बहन गर्नुपर्ने स्थिति आएपछि त्यो योजना स्थगित गरिएको थियो । छोटो अवधिलाई बाँडेर सवारीमा रोक लगाए पासको समस्या नआउने उनले बताए ।
ठमेलमा सडक चौडा गर्ने ठाउँ नभएकाले पर्यटकलाई सहज हिँडडुल र मनोरञ्जन लिनका लागि यसरी समय छुट्याउनु राम्रो विकल्प भएको उनको भनाइ छ । ठमेल स्थानीयका अनुसार महिलाका लागि बेलुका या रातको समयमा आफ्नो सवारी टाढा छोडेर घर पुग्न सजिलो नहुने भएकाले यस्ता समस्याको समाधानसहित आउनुपर्छ ।
ठमेललाई साइकल सिटी बनाउन लागेका एक स्थानीयले भने 'यहाँ स-साना गल्लीहरू धेरै छन् जसलाई वाकिङ वे बनाउन सकिन्छ । उचित सार्वजनिक शौचालयको व्यवस्था नहुँदा यी बाटाहरू दुर्घन्दित भएका छन् ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget