news and more entertainment

विशेषज्ञहरुको दर्ता प्रमाणपत्रको लागि लिइने विशेष परीक्षामा २९ चिकित्सक फेल

काठमाडौ, असार १७ - नेपाल मेडिकल काउन्सिलले चिकित्सा शास्त्रमा स्नातकोत्तर गरेकाहरुको विशेषज्ञहरुको दर्ता प्रमाणपत्रको लागि लिइने विशेष परीक्षामा २९ चिकित्सक फेल भएका छन् । काउन्सिलले विशेषज्ञ चिकित्सकहरुको लागि लिने यो दोश्रो परीक्षा हो । यस पटक ३८ विषयमा परीक्षा संञ्चालन भएको छ । काउन्सिलमा शनिवार बिहान सुरु भएको परीक्षाको परिणाम राति एक वजे घोषणा गरिएको थियो ।
काउन्सिलको उक्त परीक्षामा विभिन्न विधामा स्नातकोत्तर गरेका एक सय ९९ जना विशेषज्ञ चिकित्सक सहभागी थिए । काउन्सिलका एक पदाधिकारीका अनुसार चीन र फिलिपिन्सवाट स्नातकोत्तर गरेका धेरैजसो चिकित्सक फेल भएका हुन् । नेपालबाट स्नातकोत्तर गरेका पनि दुई-तीन जना फेल भएको स्रोतले जनायो ।
काउन्सिलले केही महिना अघि चिकित्साशास्त्रका २५ विधामा स्नातकोत्तर गरेकाहरूका लागि विशेषज्ञ दर्ता प्रमाणपत्र दिन लिएको पहिलो विशेष परीक्षामा १३ चिकित्सक फेल भएका थिए । उनीहरूमध्ये ८ जना चीन, तीन जना फिलिपिन्स, एक जना रुस र एक जना नेपालबाट स्नातकोत्तर गरेका थिए ।
यस्तै काउन्सिलले चिकित्साशास्त्रमा स्नातक अर्थात् एमबीबीएस गरेकाहरूलाई मुलुकमा चिकित्सा पेशा सञ्चालन गर्न अनुमति दिन हालै लिएको लाइसेन्स परीक्षामा सहभागीमध्येका ४६.६ प्रतिशत डाक्टरहरू अनुत्तीर्ण भएका थिए ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget