news and more entertainment

मुसर्रफविरुद्ध देशद्रोहको मुद्दा र मृत्युदण्ड हुन सक्ने


इस्लामावाद (एएफपी), असार ११ - पाकिस्तानको नयाँ सरकारले पूर्व सैनिक शासक परवेज मुसर्रफमाथि देशद्रोहको मुद्दा चलाउने जानकारी दिएको छ । यसपछि उनलाई मृत्युदण्ड वा आजीवन काराबासको सजाय हुन सक्ने देखिन्छ ।
स्वघोषित निर्वासनमा चार वर्षसम्म रहेर मार्चमा स्वदेश फर्केका अवकाशप्राप्त जनरल मुसर्रफलाई अपि्रल १९ देखि इस्लामावादको बाहिरी भागस्थित उनकै घर परिसरमा हिरासतमा राखिएको छ । अदालती कारबाहीका कारण पाकिस्तानको शक्तिशाली सैनिक तथा सरकारबीच समस्या देखिन सक्छ । सेनाले आफ्ना पूर्व प्रमुखमाथि अदालतमा मुद्दा चलाउने कुराको विरोध गरेको छ ।
मुसर्रफका कानुनी समूह उनलाई जमानत दिई शान्तपूर्ण रूपमा मुलुक छोड्न सक्ने बनाउने प्रयासमा लागेका छन् । कुनै बेलाका मुलुकका शक्तिशाली व्यक्ति मुसर्रफले १९९९ देखि २००८ सम्मका कार्यकालका लागि विभिन्न मुद्दा खेपिरहेका छन् । उनले उक्त समयमा तत्कालीन प्रधानमन्त्री नवाज सरिफलाई अपदस्थ गरेका थिए । मेमा भएको निर्वाचनमा सरिफले ऐतिहासिक रूपमा विजय हासिल गरेका छन् । प्रधानमन्त्री सरिफले मुसर्रफको कार्य उच्च देशद्रोहभित्र पर्ने दाबी गरे । 
उनले मुसर्रफमाथि अदालतमा मुद्दा चलाइनुपर्ने र अदालतमा उत्तर दिनुपर्ने पनि बताए । महान्यायाधिवक्ता जनरल मुनिर मलिकले यस्तै भनाइ सरकारको तर्फबाट सर्वोच्च अदालतमा प्रस्तुत गरे । देशद्रोहको मुद्दा सरकारले मात्र लगाउन सक्छ । मुसर्रफमाथि संविधान भत्काएको, आपत्काल लागू गरेको तथा न्यायाधीशलाई पदमुक्त गरेको आरोपमा मुद्दा चलाउन निवेदन परेका छन् ।
न्यायाधीश जवाद ख्वाजाले महान्यायाधिवक्तालाई देशद्रोहमा दोषीलाई न्यायमा ल्याउन छिटो उपायबारे अदालतलाई जानकारी दिन आदेश दिए । मुसर्रफको कार्यालयले सरिफको सरकारले अनावश्यक देशद्रोहको अभियोग अगाडि बढाई हेलचेक्रयाइँ देखाउन थालेको र यसबाट मुलुक अस्थिर हुन सक्ने दाबी गरेको छ । दुई प्रमुख विपक्षी पार्टी स्वर्गीय बेनजिर भुट्टोको पाकिस्तान पिपुल्स पार्टी तथा इमरान खानको नेतृत्वको पाकिस्तान तेहरिक ए इन्साफले मुसर्रफविरुद्धको पाइलालाई स्वागत गरेका छन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget