news and more entertainment

अमेरिकी राष्ट्रपति बाराक ओबामा र नेता नेल्सन मन्डेला बीच -प्रेम

अमेरिकी राष्ट्रपति बाराक ओबामा शुक्रबार दक्षिण अफ्रिका पुग्दै छन् । जीवन र मरणसँग संघर्ष गरिरहेका दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति एवं रंगभेदविरोधी नेता नेल्सन मन्डेलाप्रति सम्मान प्रकट गर्न उनको यो भ्रमण हुन लागेको हो ।
अझैं पनि व्यवहारमा कायमै रहेको काला जातिसँग हुने भेदभावविरुद्ध लड्ने मन्डेला अफ्रिकी मूलका नागरिकको मुटुमै बसेका छन् । यसबाट ओबामा पनि अछुतो हुन सक्दैनन् । मन्डेलाको ९४औं जन्मदिनमा पनि ओबामा परिवारले विशेष बधाइ दिएको थियो ।

ओबामा पत्नी र विश्वकै एक प्रभावशाली महिला मिसेल त मन्डेलाको ठूलो प्रशंसक मानिन्छन् । ओबामा परिवारमा मन्डेलालाई हजुरबुवाको सम्मान प्राप्त छ । हाल अफ्रिकाको भ्रमणमा रहेका ओबामा शुक्रबार अपराह्न सेनेगलबाट दक्षिण अफ्रिकाका लागि प्रस्थान गरेका थिए । ओबामा शुक्रबारै मन्डेलालाई पि्रटोरियास्थित अस्पतालमा पुगेर भेट्दै छन् । उनलाई बिहीबारदेखि भेन्टिलेटरमा राखिएको
छ । उनको स्वास्थ्यमा उल्लेखीय सुधार आएको छ्रैन । ओबामाले अफ्रिकाको भ्रमण सुरु गरेपछि मन्डेलालाई भेट्ने कार्यक्रम तय रहेको ह्वाइटहाउसले जनाएको थियो । फोक्सोको समस्याका कारण मन्डेला करिब तीन सातादेखि अस्पतालमा छन् ।
दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाले पूर्वराष्ट्रपति मन्डेलाले पाँच दिनदेखि निकै कष्टपूर्ण रूपमा अस्पतालको शय्यामा बताएका थिए । मन्डेलाकी छोरी माकाजिवे मन्डेलाले भनिन्, 'म झूटो बोल्न सक्दिनँ, उहाँको अवस्था निकै नाजुक छ ।' पिताका बारेमा मनपरी समाचार लेख्ने केही गोरा जातिका पत्रकाहरूलाई उनले जातीय पूर्वाग्रहले ग्रसित 'गिद्धहरू' भन्दै कडा आलोचना गरेकी थिइन् ।
'यसैबीच, राष्ट्रपति जुमाले बिहीबारदेखि गर्ने भनेको छिमेकी मोजाम्बिकको भ्रमण पनि रद्द गरेका छन् । आउँदा महिना ९५ वर्ष पुग्ने मन्डेलालाई अफ्रिकाका जनताले राष्ट्रपिताका रूपमा सम्मान गर्ने गर्दछन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget