news and more entertainment

एनआरएन क्यानडाको अधिवेशन क्यानडाको मिसिसागा सहरमा आगामी साता

टोरोन्टो, असार १२ - एनआरएन क्यानडाको अधिवेशन क्यानडाको मिसिसागा सहरमा आगामी साता (जुन २९ र ३०) हुने भएको छ। यो अधिवेशनले डा.विनोद केसीको नेतृत्वमा रहेको हालको एनआरएनको कार्यसमितिलाई बिस्थापित गर्ने छ।
एनआरएनका पदाधिकारीहरुले अधिवेशको तयारी अन्तिम चरणमा पुगेको जनाएका छन्। देशभरीबाट २५ जना नेशनल कोर्डिनेशन काउन्सिल अर्थात केन्द्रीय प्रतिनिधी छनौट गर्ने काम यसै सप्ताहन्तमा सम्पन्न भएपछि क्यानडाका नेपालीहरुको ध्यान राष्ट्रिय अधिवेशनमा पर्न थालेको छ।
क्यानडाका सवै प्रान्त र सहरहरुमा सहमतीय रुपमा केन्द्रीय प्रतिनिधि छान्ने काम भए पनि आयोजक सहर मिसिसागामा भने निर्वाचनका माध्यमबाट प्रतिनिधि छनौट गरिएको छ। निर्वाचनमा बर्तमान उपाध्यक्ष गिरप्रसाद बुढाथोकी पराजित हुन पुगेका छन्। यस शहरबाट अनिल थापा, अभिमन्यु बस्नेत र ऋषिराम तिवारी विजयी भएका छन्।
बिजयी भएपछि निर्वाचित समुहको नेतृत्व गरेका थापाले आफूले एनआरएन क्यानडाको अध्यक्ष पदका लागि उमेद्वारी दिने घोषणा गरे। थापाले बिगत ८ बर्षदेखि टोरोन्टोमा नेपाली भाषाको रेडियो कार्यक्रम सञ्चालन गर्दै आएका छन्। सो पदका लागि स्थानीय एक कलेजमा प्राध्यापन गर्ने डा तुलसी धरेल र एनआरएन क्यानडाका हालका महासचिव तुलसी सोपकोटाको पनि चर्चा छ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget