news and more entertainment

दाजुभाइ धेरै हुनेमा अत्यधिक यौनशक्ति

लन्डन, २० वैशाख-  विवाहका लागि जीवनसाथी खोजिरहेका युवतीहरूका लागि हो यो सुझाव, धेरै दाजुभाइ भएकालाई आङ्खनो जीवनसाथीका रूपमा चुन्नुहोस् किनभने यस्ता पुरुष धेरै बच्चा पैदा गर्न सक्षम हुन्छन् । यो हामी भनिरहेका छैनौं बरु लन्डनका वैज्ञानिकले गरेको शोधको परिणाम हो यो । उनीहरूले गरेको अध्ययनमा दाजुभाइ धेरै भएका पुरुषको वीर्यमा शुक्राणुको संख्या अन्यकोमा भन्दा बढी पाइएको हो । बेलायतको सेफिल्ड विश्वविद्यालयले ५ सय पुरुषमा यो अध्ययन गरेको हो । शोधमा सबैको वीर्य जाँच गरिएको थियो । जुन पुरुषमा ‘मेल फर्टिलिटी’ राम्रो हुन्छ उनीहरूको सन्तान बढीजसो केटा हुने वैज्ञानिक मान्यता छ । 
   वीर्यमा दुई प्रकारका शुक्राणु हुन्छन्, भाले र पोथी । भाले शुक्राणुको संख्या पोथीको तुलनामा कम हुन्छ र यस्ता शुक्राणुको गति पनि ज्यादा हुन्छ । उल्लेखनीय छ अन्डाशयमा भाले शुक्राणु तब मात्र पुग्न सक्छ जब यसको गति तीव्र हुन्छ ।   यही सिद्धान्तका आधारमा यो शोध गरिएको हो । अध्ययनमा वीर्यको रिपोर्टलाई पुरुषका दाजुभाइको संख्यासँग तुलना गरिएको थियो र यसमा धेरै दाजुभाइ हुने पुरुषको वीर्यको शुक्राणुको गति तीव्र पाइएको हो । यसको मुख्य कारण उनीहरूको परिवारको वंशाणु हो ।   ‘जुन मानिसको शुक्राणुको गति बढी पायौं उनीहरूको दाजुभाइको संख्या पनि दिदीबहिनीको संख्याको तुलनामा बढी पायौं । यसबाट उनीहरूको परिवारको वंशाणुमा बलियो उर्वरता भएको थाहा हुन्छ ।’ शोधकर्ता डा. एलन पेस भन्छन्, ‘तर अफसोच यो शोधमा पुरुष उर्वरतालाई कसरी बढाउन सकिन्छ भन्नेबारे केही तथ्य पत्ता लागेन ।’   
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget