news and more entertainment

सार्क सम्झौतामा हस्ताक्षरको सम्भावना बढ्यो : मोदी र शरिफको धुलिखेलमा पहिलोपटक हात मिल्यो



धुलिखेल । सार्क शिखर सम्मेलनका क्रममा धुलिखेल पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफबीच छलफल भएको छ ।बुधबार सार्क सम्मेलनको उद्घाटन सत्रमा हात समेत नमिलाएका दुई नेताबीच धुलिखेल रिट्रिटका क्रममा भेटघाट भएको हो ।

यसअघि सोल्टी होटलमा भएको साइडलाई वार्ता र रात्रीभोजमा समेत दुई नेताबीच कुराकानी भएको थिएन ।सार्क सम्मेलनका क्रममा एक अर्काबीच हेराहेरसमेत नगरेका मोदी र सरिफले धुलिखेल रिट्रिटमा भने हात मिलाएका हुन् ।

धुलिखेलस्थित द्वारिकाज होटलमा राखिएको रिट्रिटमा सहभागी भएर काठमाडौं फर्किएका छन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भने अस्वस्थताका कारण सहभागी भइनन् सार्क सम्झौतामा हस्ताक्षर हुने सम्भावना पनि अब बढेको छ । । एजेन्सी

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget