news and more entertainment

रेखा थापा र छवि ओझाको पुनर्र मिलन..

रेखा फिल्मसको स्थापनाकालसँगै मलाई धेरै सिनेमाहरूको निर्माण र अभिनयमा साथ दिनुहुने अभिनेत्री रेखा थापालाई धन्यवाद दिन चाहन्छु,’ नेपाली सिनेमा निर्माणमा २५ वर्ष पुरा गरेको र आफ्नो ५० औ जन्मदिनको अवसरमा आयोजित एक कार्यक्रममा अभिनेत्री रेखा थापाका पूर्व पतिसमेत रहेका निर्माता छवि ओझाले रेखालाई उनको साथ र सहयोगको लागि धन्यवाद दिदैं सम्झिन भुलेनन्। कार्यक्रममा रेखा थापा अनुपस्थित थिइन्।

२५ वर्षदेखि अविछिन्न रूपमा नेपाली सिनेमा बनाइरहेका छविले नेपाली चलचित्रमा बिताएका सुनौला दिनमा सहयोग गर्ने व्यक्तिहरूलाई सम्झँदै गर्दा रेखालाई पनि सम्झिए। नेपाली सिनेमामा रेखा थापालाई छविले ‘हिरो’ सिनेमाबाट डेब्यू गराएका थिए। रेखा नेपाली सिनेमाकी सर्वाधिक चर्चित र सफल अभिनेत्री हुन्। उनीहरूले आफ्नो १२ वर्षे वैवाहिक जीवनलाई करिब दुई वर्ष अगाडि टुङ्गाएका थिए।

कार्यक्रममा छविले आफ्नो २५ वर्षे सिनेमा निर्माणमा अधिक्तमरूपमा सफलता नै हात पारेको स्मरण गर्दै भने, ‘पहिलो सिनेमा ‘युगदेखी युगसम्म’देखी अठारौं सिनेमा ‘किस्मत-२’सम्म आइपुग्दा मेरो भागमा मिठा अनुभवहरू नै धेरै परे।’

त्यसै गरि उनले यहाँसम्म आइपुग्नुमा धेरै मित्रहरुको सहयोगले सम्भव भएको पनि बताए। कार्यक्रममा उनका सिनेमा क्षेत्रका नजिकका मित्रहरू उपस्थित थिए। सबैले आफुलाई सिनेमा लाइनमा ‘बा’ भनेर सम्वोधन गर्ने गरेको भन्दै उनले आफूलाई अब  ‘हजुरबा’ भनेको सुन्ने इच्छा रहेको बताउँदा  माहोल केही ठट्यौली बनेको थियो।
कार्यक्रममा उनले आफ्नो आगामी सिनेमा ‘हवल्दार सुन्तली’को रिलिज मिति र आफुले निर्माण गरेको सुपरहिट सिनेमा ‘किस्मत’को सिक्वल ‘किस्मत-२’को बनाउने उद्घोष पनि सोही अवसरमा गरे। ‘हब्लदार सुन्तली” चैत २७ गते रिलिज गरिने भएको छ।

उनले सो अवसरमा सिनेमा निर्माणमा बिताएका २५ वर्ष र ५० औ जन्मदिनका लागि दुई छुट्टाछुट्टै केक पनि काटे। सिनेमा निर्माणको २५ वर्षको केक उनले आफ्नो सिनेमाबाट डेब्यू गरेका अभिनेत्रीहरू पूजना प्रधान, रजनी के.सी, शिल्पा पोखरेल तथा दिपाश्री निरौलालाई दाँयाबाँया राखेर काटे भने ५० औ जन्मदिनको केक आफ्नो सिनेमाबाट नै डेब्यू गरेका अभिनेताहरू सविन श्रेष्ठ, नरेन खड्का, किशोर खतिवडा तथा आयूष रिजाललाई राखेर काटेका थिए।

कार्यक्रममा छविको व्यानरबाट डेब्यू गरेका नेपाली सिनेमाका सर्वाधिक सफल  राजेश हमाल र रेखा थापाको अनुपस्थितिले कार्यक्रम केही खल्लो महसुश गरिएको थियो( भिडियो सहित)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget