news and more entertainment

आफ्नो मृत्यु हुने दिन थाहा पाउन येसो गर्नुहोस !!!

एजेन्सी । मानिसहरु आफ्नो भविष्यको बारेमा वर्तमान भन्दा बढी चिन्तित भएको हामी पाउँदछौं । आज हामी जति कर्म गर्दै छौं त्यो सबै भविष्यका लागि नै हो ।
मानिस आफ्नो भविष्य जान्न नसकेपनि त्यसलाई सुन्दर बनाउँनका लागि जस्तोसुकै संघर्ष गर्नपनि पछि पर्दैन । तर त्यो भविष्य भने अनिश्चित हुन्छ र मानिस ज्योतिषिलाई हेराउँन जाने गरेको तपाईहामीले प्रशस्तै देखेसुनेका छौं ।
मानिस आफ्नो मृत्युदेखि जहिलेपनि उत्सुक र भयवित हुने गर्दछ । मानिसलाई कुन दिन आफ्नो मृत्यु हुन्छ भन्नेबारेमा जान्ने तिव्र इच्छा हुनु स्वभाविक हो । तर अब तपाईले आफ्नो मृत्युको मिति बारे अगाडि नै थाहा पाउन सक्नुहुन्छ ।
अहिले डेडलाइन नामक नयाँ एप आएको छ जसले तपाईंको आइफोनको हेल्थकिट टुलको विश्लेषण गरेर तपाईको मृत्युको दिनको बारेमा भविष्यवाणी गरिदिन्छ ।
आइफोनको हेल्थकिट टुलले तपाईंको उचाई, डायस्टोलिक रक्तचाप, निन्द्रा लगायतको रेकर्ड राख्ने गर्दछ । जसले रेकर्ड गरिएको डाटा उपयोग गरेर तपाईंक जीवनशैलीसँग सम्बन्धित केहि विषयको आधारमा तपाईंको मृत्युको दिन भनिदिने गर्दछ ।
एपका निर्माता गिस्ट एलएलसीले कुनैपनि एमले मानिसको मृत्युको दिन र समयको सटिक जानकारी दिन नसकेपनि यसले मानिसको जीवनशैली र स्वास्थ्यमाथि मध्यनजर गर्दै स्वास्थ्य सुधारका लागि प्रेरित गर्ने एप्पल आइट्युन्स पेजमा उल्लेख गरेका छन् । यो आइट्युन्स एप्पल स्टोरबाट निःशुल्क इन्स्टल गर्न सकिनेछ ।
www.nepalsandesh.com

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget