news and more entertainment

के कुरामा किन रिसाउँछन् श्रीमती ?

कुरामा ध्यान दिनुपर्ने हुन्छ त्यस्ता कुराहरुलाई मतलब नै नगर्ने बानी सम्भवतः श्रीमतीहरुलाई आफ्नो श्रीमानको सबैभन्दा नराम्रो बानी लाग्नसक्छ । यस्ता साना–साना कुराले विवाहित जोडिमा झगडा पैदा हुनसक्छ ।
यदि तपाईंको श्रीमानमा तल दिइएका बानीहरु छैनन् भने तपाईं भाग्यमानी हुनुहुन्छ तर यस्ता बानीहरु जसमा छ तपाईं पनि अरु नेपाली महिलाजस्तै यस्तै हो भनेर चित्त बुझाउनुहुन्छः
१. चिसो रुमाललाई बेडमा राखेर बिर्सनुः धेरैजसो श्रीमानहरु आफू नुहाइसकेपछि त्यसलाई सुकाउनुको सट्टा बेडमा नै छोड्ने गर्दछन् । उनीहरुलाई चिसो रुमाल बेडमा राख्दा बेड चिसो हुने र रुमाल पनि बिस्तारै कालो हुँदै जाने कुरा थाहै छैन । श्रीमतीले धेरैपटक यसो नगर्न आग्रह गरेपनि उनीहरु उनको आग्रहलाई एउटा कानले सुनेर अर्को कानले उडाइदिन्छन् र भन्छन, ‘यो त आफसेआफ सुकिहाल्छ नी’ ।

२. बिदामा ढिलासम्म सुत्नु र ननुहाउनुः जब बिदा हुन्छ तब श्रीमानहरु आफ्नो बेडलाई एकछिन पनि छोड्न मान्दैनन् । धेरैजसो पुरुषहरु बिदाको बेलामा चिया, कफी, खाना, खाजा सबै बेडमा नै खान रुचाउँछन् । यदि तपाईंले उनलाई नुहाउन आग्रह गर्नुभयो भने तपाईंले उनको बिदा नै खराब गरेको सम्झनेछन् ।

३. ‘आउँदै छु’ भन्छन् तर खाना खान आउँदैनन्ः तपाईंले बनाएको खाना मिठो भएर नै उनले तपाईंसँग विवाह गरेपनि विवाह पछि उनले यो कुरा बिर्सन्छन् । टिभी हेर्नु, मेल चेक गर्नु र खाना खाँदा पत्र–पत्रिकालाई यताउती गर्नु उनीहरुको मनपर्ने बानी हुन् । खाना चिसो भयो भनेर जतिसुकै भनेपनि उनीहरुलाई त्यो कुराको वास्तै हुँदैन ।

४. आफ्नै सामानहरु थाहा नहुनुः धेरैजसो पुरुषहरुलाई आफूले भनेको ठाउँमा नै सामानहरु चाहिन्छ तर आफूले राखेको सामानहरु कहाँ हुन्छ, त्यो कुरा उनीहरुलाई पत्तै हुँदैन । उनीहरुको सबै काम श्रीमतीले नै गरोस् भन्ने चाहन्छन् । आफ्नो सामानहरु उनीहरु एक्लै खोज्न सक्दै सक्दैनन् ।

५. बाथरुम भित्र नै पेपर पढ्छन्, चुरोट खान्छन् र बाहिर अरुलाई कुराउँछन्ः धेरैजसो पुरुषहरु बाथरुम भित्र बसेर पत्रिका पढ्ने र चुरोट पिउने गर्दछन् । उनीहरुको यो बानीले अरुलाई समस्यामा पर्नसक्ने कुरा उनलाई मतलब नै छैन । बाथरुमभित्र पिइएको चुरोटको गन्ध सबैतिर फैलिएको कुन श्रीमतीलाई राम्रो लाग्ला र ?

६. रातभर घुर्ने गर्दछन् र बिहान निद्रा लागेन भनेर गुनासो गर्दछन्ः श्रीमानको घुराइका कारण धेरैजसो महिलाहरु रातभरी सुत्न पाउँदैनन् र यसको विपरित श्रीमान बिहान गुनासो गर्दछन्, ‘तिमीले मलाई सुत्न ठाउँ नै नदिएकाले रातभर सुत्न सकिनँ’ ।

७. सबै कुराहरु बेडमा नै खान्छन् र यसमा सुत्नुपर्छ भन्ने कुरा बिर्सन्छन्ः उनलाई घरमा बनाइएको खाना मनपर्दैन तर बेडमा नै टिभी हेर्दै र अफिसको काम गर्दा गर्दै नाश्ता खाने गर्दछन् । केहि नभनी हेर्ने हो भने, उनीहरुलाई खाना कसरी खाइन्छ भन्ने शिक्षा आवश्यक भएको देखिन्छ । जहाँ पायो त्यहि पोख्नु, जता पायो त्यतै पुछ्नु, उनीहरुलाई सामान्य लाग्छ । (एजेन्सी) Ratopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget